
झापा – झापामा ७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या भएको खुलेको छ।
झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा अर्जुनधारा–११ कि माइना हास्दाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापाको चारआलीस्थित सडकको कल्भर्टमुनि हास्दाको शव भेटिएको प्रहरीले जनाएको छ।
हास्दाको हत्या आरोपमा भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।
पक्राउ परेका ती व्यक्तिलाई सोधपुछ गर्दा बलात्कारपछि उनैले हत्या गरेको खुलेको डिएसपी थापाले बताए।
उनले वृद्धाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको थापाले बताए।