सहमतिका लागि ओली र प्रचण्ड अब एक्लाएक्लै नभेट्ने, आवश्यक परे संवादका लागि ‘दूत’ खटिने

सहमतिका लागि ओली र प्रचण्ड अब एक्लाएक्लै नभेट्ने, आवश्यक परे संवादका लागि ‘दूत’ खटिने
+
-

काठमाडौँ- सहमतिको झिनो आशासहित संवादको सिलसिला अगाडि बढाएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार अब एक्लाएक्लै नभेट्ने भन्दै छुट्टिएको पाइएको छ।

सहमतिको प्रयासमा मंसिर १९ गते राति यता दुई पटक टेलिफोन संवाद र दुई पटक प्रत्यक्ष भेट गरेका ओली र प्रचण्ड अब एक्लाएक्लै नभेट्ने भन्दै छुट्टिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार बुधबारको भेटमा ओलीले प्रचण्डको माग अनुसार आफू पार्टी अध्यक्षबाट मात्रै नभई प्रधानमन्त्री पदबाट पनि राजीनामा नदिने अडान दोहोर्याएका थिए। साथै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको समिकरण तोडेर आफूसँग सहकार्य गर्न ओलीले प्रचण्डलाई आग्रह गरेका थिए।

प्रचण्डले भने आफू र माधव नेपालबीचको सम्बन्ध ओलीसँगको भन्दा पुरानो भएको र नेपालबाट आफूले धोका नभई साथ पाउने दृढता ओलीसमक्ष पेश गरेका थिए।

त्यसैक्रममा ओली र दाहालबीच भनाभन भएको थियो र प्रचण्डले भनेका थिए, ‘तपाईँ र मेरो जतिपटक भेट हुन्छ त्यति पटक झगडा मात्रै हुन्छ। सहमतिका लागि कुनै काम हुँदैन। अब हामी एक्लाएक्लै नभेटौँ। आवश्यक परे संवादका लागि तपाईँले आफ्ना साथीहरु तोक्न सक्नुहुन्छ।’

जबाफमा ओलीले ‘ठिकै छ त्यो भए म त्यसै गरुँला’ भनेका थिए। प्रचण्डले को पठाउनुहुन्छ भन्ने प्रश्न ओलीतर्फ तेर्साएपछि ओलीले म सुवास नेम्वाङ र शंकर पोखरेललाई पठाउँला भनेका थिए। त्यसपछि उनीहरु बालुवाटारबाट छुट्टिएको स्रोतको भनाइ छ।

विधिसम्मत् प्रक्रियामा वारपारको लडाईँ सुरु गरेका ओली र प्रचण्डले यही मंसिर १९ गते टेलिफोनबाट संवाद गरेर आफूहरुबीचको २५ दिन लामो संवादहिनताको अवस्था तोडेका थिए।

भोलीपल्ट मंसिर २० गते सचिवालय बैठकभन्दा करिव आघा घण्टा अघि ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको थियो।

तर त्यसलगत्तै बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको आफूविरुद्धको अप्रमाणित फौजदारी कानुन आकर्षित हुने प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए र त्यसबारे छलफल हुने भए भोलीपल्ट प्रस्तावित स्थायी कमिटी बैठकमा आफू सहभागि नहुने अडान लिएका थिए।

तर प्रचण्डले आफ्नो सँगै ओलीले आफूलाई फर्काएको जबाफपत्रमाथि पनि छलफल गर्ने भन्दै पूर्वनिर्धारित समयमा पार्टी कार्यालय धूम्बाराहीमा स्थायी कमिटी बैठक बोलाएका थिए।

बैठकमा सहभागि नभएका ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने र त्यो फिर्ता हुनुपर्ने अडानसहित पत्र पठाएका थिए।

ओलीको पत्रसँगै प्रचण्डले केही लचिलो बन्दै बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्यामाथिको छलफल’ मात्रै राखेका थिए।

प्रचण्ड पक्षले बैठकको यो साझा एजेण्डा भएको तर त्यसअन्तर्गत दुवै प्रस्ताव, सचिवालयमा पेश भएका अन्य पत्रहरु, एमसीसी, पार्टी एकतालगायत विषय छलफल गर्नुपर्ने अडान लिएको छ।

त्यसै कारण दुवै प्रस्ताव अध्ययनका लागि एक साताको समय दिएर बैठक स्थगित गरेको उसको दाबी छ।

यो बीचमा सहमतिका लागि अनौपचारिक संवादको भने खुल्ला रहेको बैठक सामापन भएका दिन प्रचण्ड पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमा जानकारी दिएका थिए।

तर यो बीचमा ओली र प्रचण्डले सहमतिका लागि थालेको संवाद सकारात्मक दिशातर्फ उन्मुख नभएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?