कोरोनाविरुद्ध खटिने १० प्रतिशतलाई मात्र भत्ता दिने भएपछि प्रहरीलाई सकस, पाँच महिना खटिएर ११ दिनको मात्र भत्ता

कोरोनाविरुद्ध खटिने १० प्रतिशतलाई मात्र भत्ता दिने भएपछि प्रहरीलाई सकस, पाँच महिना खटिएर ११ दिनको मात्र भत्ता
+
-

काठमाडौँ- सरकारले कोरोना महामारीविरुद्ध खटिएका सुरक्षाकर्मीमध्‍ये १० प्रतिशतलाई मात्र भत्ता दिने भएपछि प्रहरीलाई नाम छान्न सकस परेको छ।

कोरोना महामारीविरुद्ध हरेक प्रहरी कुनै न कुनैरुपमा खटिएको भन्दै भत्ता पाउने कर्मचारीको नाम छनोट गर्न सकस परेको प्रहरी अधिकारी बताउँछन्।

‘सरकारले दैनिक ३ सय रुपैयाँको दरले भत्ता दिने निर्णय गरेपछि हामीलाई काम लगाउन पनि सजिलो भएको थियो। अहिले १० प्रतिशतलाई मात्र दिनेभन्दा कसरी नाम छनोट गर्ने ?’, काठमाडौँको एक प्रहरी युनिटका इन्चार्ज भन्छन्।

सरकारको निर्णयपछि  प्रहरी प्रधान कार्यालयले मातहतका युनिटलाई १० प्रतिशत नबढ्ने गरी भत्ता पाउने कर्मचारीको नाम पठाउन पत्राचार गरेको  छ। यसैबीच राजधानीको एक प्रहरी युनिटले त्यहाँ काम गर्ने सबै कर्मचारीले भत्ता पाउने गरी नाम पठाउने तयारी गरेको छ।

‘कसको नाम समावेश गर्ने अनि कसको छुटाउने ? निर्णय लिन निकै गाह्रो भयो। त्यसैले यस कार्यालयमा काम गर्ने सबै कर्मचारीको नाममा भत्ता पर्ने गरि निर्णय लिएका छौँ। यसरी गर्दा एक जना कर्मचारीको नाममा ११ दिनको भत्ता पर्ने रहेछ। योभन्दा अरु उत्तम विकल्प देखिएन’, त्यस प्रहरी कार्यालयका प्रमुखले नाम उल्लेख नगर्ने शर्तमा भने।

कोरोना भाइरसको महामारी सुरु भएलगत्तै सरकारले यसविरुद्ध लड्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई प्रोत्साहनस्वरुप दैनिक भत्ता दिने निर्णय गरेको थियो।

सरकारले निर्णय गरेको लामो समय वितिसक्दा पनि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?