विप्लव समूहले आफूलाई समेत आक्रमण गर्न सक्ने प्रहरीको निष्कर्ष

विप्लव समूहले आफूलाई समेत आक्रमण गर्न सक्ने प्रहरीको निष्कर्ष
+
-

काठमाडौँ – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो समय आफूलाई समेत आक्रमण गर्न सक्ने निष्कर्ष नेपाल प्रहरीले निकालेको छ।

प्रहरी प्रधान कार्यालयमा केही दिनअघि भएको समीक्षामा प्रहरीलाई समेत लक्षित गरि आक्रमण हुन सक्ने निष्कर्ष निकाल्दै त्यसअनुसार रणनीति बनाउन प्रहरी महानिरिक्षक शैलेश थापाले निर्देशन दिएका छन्।

मोरङको मिक्लाजुङ गाउँपालिकामा विप्लव समूहले प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि प्रहरी प्रधान कार्यालय चनाखो बनेको हो।

त्यसअघि मंसिरको पहिलो साता संखुवासभाको चैनपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गस्तीमा हिँडेका प्रहरी नायब उपरीक्षक-डीएसपी नेतृत्वको टोली चढेको गाडीलाई लक्षित गरि विप्लव समूहले विद्युतीय धराप ‘एम्बुस’ थापे पनि असफल भएको थियो।

‘राज्यको ध्यान आफूतिर तान्न विप्लव समूह यतिबेला जे पनि गर्न सक्छ। मिक्लाजुङ घटना त्यसको एउटा ताजा उदाहरण हो’, एक उच्च प्रहरी अधिकारीले भने।

प्रहरी प्रधान कार्यालयले विप्लव समूहले हमला गर्न सक्ने व्यक्तिको पहिचान गरि उनीहरुलाई सुरक्षा प्रदान गर्न निर्देशन दिएको छ।

‘विप्लव समूहको पछिल्लो गतिविधी हेर्दा दुर्गम क्षेत्रमा रहेका हाम्रा प्रहरी चौकीहरु सुरक्षित बनाउनुपर्नेमा प्रहरी प्रधान कार्यालयको जोड छ। विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न प्रहरी युनिट र त्यहाँ काम गर्ने अधिकारीहरुको सुरक्षामा पनि हामी सचेत हुनुपर्छ’, समीक्षा बैठकमा सहभागी एक उच्च प्रहरी अधिकारीले भने। विप्लव समूहका पछिल्ला क्रियाकलापपछि नेपाल प्रहरीका ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा सुरक्षा चुनौती र आगामी रणनीतिलाई लिएर छलफलहरु भएका छन्।

विप्लव समूहले आफ्ना नेता कार्यकर्ताको पिच्छा गर्ने, सुराकी गर्नेलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ। विप्लव समूहका हिंसात्मक गतिविधि बढेपछि सरकारले २०७५ फागुनमा उसलाई आतङ्ककारी समूह घोषणा गर्दै उसका गतिविधिमा रोक लगाएको थियो।

त्यसयता विप्लव समूहले राजधानीलगायत देशका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा बिस्फोटका घटनाहरु गराउँदै आएको छ। केही स्थानमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहानसमेत भएको छ।

सर्लाहीमा प्रहरीले गरेको इनकाउन्टरमा विप्लवका जिल्ला नेता कुमार पौडेलको मृत्यु भएको थियो। यसैगरि भोजपुरमा भएको गोली हानाहानमा विप्लवका एक नेता र एक सुरक्षाकर्मीको मृत्यु भएको थियो।

शान्ति प्रकृयामा आउन  विप्लव समूह र सरकार पक्षबिच हालसम्म वार्ता भएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?