
काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ नेकपासँगै अन्य राजनीतिक दलमा खैलाबैला मच्चिएको छ।
अध्यादेशलाई लिएर आपत्ती जनाइएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार साँझ आव्हान गरेको संवैधिानिक बैठकमा नजाने घोषणा गरिसकेको छ।
संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशलाई लिएर नेकपा असन्तुष्ट समूहको आपत्ति, अध्यादेश तत्काल फिर्ता हुनुपर्ने प्रचण्डको माग
यता अध्यादेशलाई लिएर आपत्ती जनाइसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको खुमलटारमा आकस्मिक बैठक सुरु भएको छ।
स्रोतका अनुसार बैठकमा प्रचण्डसहित नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ खुलटारमा भेला भएका छन्। उनीहरुले अध्यादेशबारे ठोष अडान लिने तयारी गरेका छन्।