कृषि ज्ञानकेन्द्र पर्सा दुई महिनादेखि प्रमुखबिहीन,मर्कामा किसानहरु

कृषि ज्ञानकेन्द्र पर्सा दुई महिनादेखि प्रमुखबिहीन,मर्कामा किसानहरु
+
-

पर्सा-जिल्ला कृषि ज्ञान केन्द्र पर्सा विगत दूई महिनादेखि कार्यालय प्रमुखविहीन रहेको छ। प्रमुख बिहीन कार्यालय हुदा उक्त कार्यालय बाट प्राप्त हुने सेवाबाट पर्सेली किसान बन्चित भएका छन्।

लामो समयदेखि कृषि ज्ञान केनद्र प्रमुख बिहीन भएपछि पर्साका किसानहरुको हकहितमा काम गर्ने संस्थाहरु बाध्य भएर समबन्धित निकायमा ज्ञापन पत्र बुझाउन थालेका छन्।

मंगलबार किसान हकहीत संघर्ष समिति पर्साले जिल्ला प्रसाशन कार्यालय पर्सा मार्फत भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरलाई ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्रमार्फत कार्यालय छिटै प्रमुखको ब्यावस्था गरिदिन माग गरिएको छ।

कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्ष २०७७-७८ मा सञ्‍चालन हुने कार्यक्रमहरु सिँचाई यान्त्रिकमा सहयोग,यालो टयुवेल,मोटर बिउ अनुदान,बजार सेड निर्माण,प्लन्ट क्लिनिक सञ्चालन जस्ता कार्यक्रमहरु प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। साथै प्रदेश दूईको मुख्य मन्त्री लालबाबु राउतको गृह जिल्ला भएको भए पनी पर्सेली जनताको दुखमा मुख्यमन्त्री राउतले नबोल्नु दुःखको कुरा रहेको ज्ञापपन पत्रमा जनाइएको छ।

किसान हकहीत संघर्ष समितिका अध्यक्ष सहरूम राउत गद्धीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा किसानले नै गरेको उत्पादनबाट सरकार तथा गैर सरकारी आम जनताले आफ्नो जीविकोपार्जन गरिरहेकोले किसानको समस्यामा सबैपक्षले वोल्नु पर्ने आग्रह गरिएको छ।

ज्ञान केन्द्रकै लापारवाही र रबैयाका कारण गत आर्थिक बर्ष २०७६-७७ को सम्पुर्ण बजेट फ्रिज भएको समितिको भनाई छ ।सरकारले यो समस्या संगै उखु किसानहरू पनि समस्या तत्काल ७ दिनभित्र नसमाधान गरे भारतको दिल्लीमा जस्तै आन्दोलन गर्न किसानहरू पनि बाध्य हुने उक्त ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुर,कृषि तथा पशुपँक्षी बिकाश मन्त्रालयलाई बोधार्थ गरि ज्ञापन पत्र बुझाइएको समितिका अध्यक्ष गदीले जानकारी दिए।

यसअघि गत आईतबार नेपाल किसान संघ पर्साले पनि कृषि ज्ञान केन्द्र लामो समयदेखि प्रमुखविहीन हुँदा जिल्लाका कृषकहरु मारमा परेको बताउदै ज्ञापन पत्र बुझाएको थियो।उसले किसानहरुको समस्या चाडै सम्बोधन नभए संघले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष