संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्छः नारायणकाजी श्रेष्ठ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्छः नारायणकाजी श्रेष्ठ
+
-

काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार जारी गरेको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो निजी धारणा सार्वजनिक गर्र्दै अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। उनले भनेका छन्,‘ सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ । यो सारतः यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो। त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टीहरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।’

उनले थपेका छन्,‘अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजीक आईसकेको छ। यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ ।’

यस्तै उनले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानाकारी नभएको र जारी गरिएपछि पार्टीमा कुनै छलफल नभएकोसमेत बताएका छन्। भोलिको स्थायी कमिटीको बैठकमा यसबारे छलफल होला भन्ने उनको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?