दुल्हा र पुजारीसहित बालविवाह गर्ने ६ जना पक्राउ

दुल्हा र पुजारीसहित बालविवाह गर्ने ६ जना पक्राउ
+
-

पर्सा-दुलहा र पुजारीसहित बाल विवाह गर्ने ६ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बाल बिबाह गर्ने दुल्हा ईशनाथ नगरपालिका ३ औरैया टोल बस्ने फरक क्षमता (बहिरो) भएको २४ बर्षिय मुकेश गिरी उनका बुवा सागर गिरी,काका, रामश्रेष्ठ गिरीलाई पक्राउ गरेको हो।

यस्तै बाल बिबाह गराउने पुजारी कपिलदेव चौवे, माधवनारायण नगरपालिका ६ बस्ने ४५ बर्षिय लक्ष्मी गिरी र सर्लाही हरिपुर नगरपालिका २ हरिपुर बस्ने ३५ वर्षीय गिता गिरीलाई पनि प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए।

बाल बिबाह गराई रहेको सुचना प्राप्त हुने बितिक्कै खटिएको प्रहरी टोलीले बिबाह स्थलमै पुगेर बिबाह स्थगित गराई सबै जनालाई पक्राउ गरेको श्रेष्ठले बताए। उनका अनुसार फरक क्षमता (बहिरो) भएको मुकेशको बिहे माधव नारायण नगरपालिका ६ की १५ बर्षिय किशोरीसित धन सम्पतिको लोभ देखाई केटापक्षले बाल बिबाह गरिरहेका थिए।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट विवाह सम्बन्धी कसूर (बाल बिवाह) मुदामा तिन दिनको म्याद थप गराई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष