
काठमाडौँ- प्रधानमन्त्री समेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल पक्षले विशेष अधिवेशन माग गर्दै शितल निवास पठाएको हस्ताक्षर फिर्ता लिए मात्र अध्यादेश फिर्ता लिने बताएका छन्।
प्रधानमन्त्री निवासमा भएको वन टु वन भेटमा ओलीले प्रचण्डसँग त्यस्तो शर्त राखेका हुन्। पार्टीको स्थायी कमिटी बैठक सुरु हुनुअघि भएको भेटमा प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए।
जवाफमा ओलीले प्रचण्डलाई राष्ट्रपतिलाई विशेष अधिवेशन माग गर्न र त्यहाँ पठाएको हस्ताक्षर समेत फिर्ता लिन शर्त राखेको स्रोतले बताएको छ।
स्थायी कमिटी बैठक सुरु हुनु अघि यी दुईबीच टेलिफोन संवाद भए पनि फेरि प्रत्यक्ष भेटघाटमा जुटेका थिए।