
दिपा दाहाल
पुस १, २०७७

अ
+
अ
अ
-
काठमाडौँ- सत्तारुढ नेकपाको स्थायी समिती बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक बुधबार दिउँसो १ बजे सुरु हुने भनिएपनि पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल वन टु वन छलफलमा जुटेका थिए।
दुईबीच छलफल सकिएपछि निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो स्थायी समिती बैठक सुरु भएको हो।

