पूर्वी नाका काँकडभिट्टामा दैनिक प्रदर्शन, बन्द नाका खुलाउनु पर्ने माग

पूर्वी नाका काँकडभिट्टामा दैनिक प्रदर्शन, बन्द नाका खुलाउनु पर्ने माग
+
-

झापा – नेपालको पूर्वी नाका खोल्नुपर्ने माग राख्दै व्यवसायीहरुले दिनहुँ प्रदर्शन गर्ने गरेका छन्।

सोही क्रममा बुधबार काँकडभिट्टाका व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।

काँकडभिट्टामा बसपार्कमा आयोजित शान्तिपूर्ण प्रर्दशनकै बिच प्रहरीले हस्तक्षेप गरेको हो।

पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले केहीबेर बसपार्कमा यातायात बन्द गरेर प्रदर्शन गरेका थिए।

कोणसभा हुँदै गर्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभालाई बिथोल्दै यातायात सुचारु गराएको थियो।

प्रहरीले बल गरेको भन्दै प्रदर्शनमा उत्रिएका दुबै संघले आपत्ति जनाएका छन्। एकाएक दमन गर्ने शैलीमा प्रहरी प्रस्तुत भएको भन्दै होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले आपत्ति प्रकट गरे।

ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले पनि प्रहरीको कार्यशैलीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिए।

यसअघि पनि यी संघले नाका खोल्नुपर्ने मागसहित बिरोध प्रदर्शनसँगै हस्ताक्षर अभियान संकलन गरिसकेका छन्।

कोरोनाको संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सीमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको र जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने उनीहरूको माग रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष