ओलीले अध्यादेश फिर्ता नलिएसम्म पार्टी विवादबारे छलफल नगर्ने प्रचण्डको अडान

ओलीले अध्यादेश फिर्ता नलिएसम्म पार्टी विवादबारे छलफल नगर्ने प्रचण्डको अडान
+
-

काठमाडौँ- सहमति गरेको तीन दिन बित्न लाग्दासमेत सत्ताधारी नेपाल कम्युनिष्ट पाटी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश फिर्ता नलिएकामा उनीसँग असन्तुष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति प्रकट गरेका छन्।

शुक्रबार साँझ साढे पाँच बजे बालुवाटार पुगेर ओलीलाई भेटेका प्रचण्डले अध्यादेश फिर्ता लिन किन ढिलो गरेको भन्दै प्रश्न गरेको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले देशसञ्चारलाई जानकारी दिए।

‘अध्यादेश फिर्ता लिने तपाईँले सहमति गर्नु भएको थियो। तर दुई दिन बितिसक्दा पनि तपाईँले अध्यादेश फिर्ता लिनु भएको छैन। उल्टै पार्टीसँग सल्लाह नगरी बिहीबार संवैधानिक परिषद् बैठक बोलाउनु भयो। किन पटकपटक सहमति उल्लंघन गर्नुहुन्छ तपाईँ,’ ओलीलाई प्रचण्डले सोधेको प्रश्न उद्धृत गर्दै ती नेताले भने। ओली निकट एक उच्च नेताका अनुसार भने ओलीले प्रचण्डसँग अध्यादेश फिर्ता गर्ने प्रतिवद्धता दोहोर्‍याएका थिए।

‘म अध्यादेश फिर्ता गर्छु त्यसमा कुनै चिन्ता गर्न पर्दैन। अब पार्टी स्थायी कमिटी बैठक अगावै मविरुद्धको तपाईँको आरोपपत्र पनि फिर्ता गर्नुहोस्। सहमतिमा अघि बढौँ,’ ओलीले दाहाललाई गरेको आग्रह उद्धृत गर्दै ती नेताले भने।

तर दाहालले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको आग्रह अस्वीकार गरेका थिए। दाहालले ओलीलाई भनेका थिए, ‘मेरो प्रस्ताव फिर्ता लिन मिल्दैन। पार्टी कमिटी बैठकमै छलफल गरौँ। तपाईँ छलफलमा भाग लिनुहोस्।’

ओलीले बुधबार प्रचण्डसँग अध्यादेश फिर्ता गर्ने सहमति गरेको निर्णय स्थायी कमिटी बैठकमा सुनाइएको थियो।

तर सहमति भएको भोलlपल्ट बिहीबार साँझ पाँच बजे ओलीले प्रचण्डसँग परामर्श नगरी संवैधानिक परिषद् बैठक बोलाएका थिए।

प्रचण्डले बालुवाटार पुगेर आपत्तl जनाएपछि ओलीले आफूद्धारा पूर्वनिर्धारित बैठक स्थगित गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?