
काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेपछि कुरा काट्नेहरुलाई कडा जबाफ दिएका छन्।
उनले रावलले खुमलटारमा गएर अध्यक्ष प्रचण्डलाई अरू सदस्यहरूले भेट्दा पुच्छर भए भन्नेहरू अब चुप लाग्छन् नि भन्दै टिप्पणी गरेका हुन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘बिहान प्रधानमन्त्री केपी ओलीजी प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।’