वार्तास्थल फेरिए पनि फेरिएनन् ओली–प्रचण्ड, बामदेव भने बदलिएको संकेत

वार्तास्थल फेरिए पनि फेरिएनन् ओली–प्रचण्ड, बामदेव भने बदलिएको संकेत
+
-

काठमाडौँ- आफ्नै कार्यशैली र व्यवहारबाट सर्वत्र आलोचित बन्न पुगेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिनभरजसो ‘म्याराथन’ शैलीमा राजनीतिक भेटघाट तीव्र पारे। र, साँझपख असन्तुष्ट नेताहरुको अडानबारे जानकारी गराउन र आगामी रणनीति तय गर्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन्।

अघिपछि आफूसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन आफ्ना ‘दूत’हरु विशेषगरी सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल र ईश्वर पोखरेललाई खटाउँदै आएका ओली शनिबार आफै खुमलटारतिर हुँकिए।

स्वास्थ्य र सुरक्षाको बहाना बनाउँदै आफ्नै सरकारी निवासलाई पार्टी कार्यालय बनाएका ओलीले छलफलका लागि प्रचण्डलाई सधैँजसो त्यतै बोलाए। प्रचण्ड पनि निरीह बन्दै ओलीलाई भेट्न बालुवाटार धाइरहे, चाहे विवाद उत्कर्षमा पुगेका बेला होस् चाहे सामान्य अवस्था।

परिस्थितिमा बदलाव आएको छ। प्रचण्डसँग लडाईँ मैदानमा उत्रिएका ओली संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेपछि थप नैतिक संकटमा धकेलिए। अब यो संकटबाट उठ्न ओलीलाई मुस्किल पर्ने देखिन्छ।

संसदीय दलमा आफ्नो शक्ति प्रदर्शन गर्ने उनको रणनीति २४ घण्टामै असफल भयो। यद्यपि अध्यादेश फिर्ता गर्ने प्रचण्डसँगको सहमति हालसम्म कार्यान्वयन गरेका छैनन् उनले। बरु, सहमतिबिपरीत बोलाएको संवैधानिक परिषद् बैठक प्रचण्ड बालुवाटार पुगेर कड्किएपछि मात्रै स्थगित गर्न तयार भए उनी।

यसबाट कसैले हप्काएपछि या विरोध गरेपछि मात्रै आफ्ना निर्णयहरु बदल्न उनी राजी भएको देखिन्छ। आफू निकट नेताहरुको सुझाव समेत लत्याउन थालेका ओली विस्तारै विकल्पबिहिन अवस्थामा पुगेका छन्। अर्थात विरोधीलाई परास्त गर्ने अस्त्र उनीसँग पातलिँदै गएको देखिन्छ।

त्यसैले आइतबार प्रस्तावित स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा प्रचण्डलाई फकाउन खुमलटार हानिएका थिए उनी। ओली खुमलटार पुगेपछि प्रचण्ड निकट स्थायी कमिटी सदस्य भीम रावलले अघिपछि अन्य सदस्यहरु खुमलटार जाँदा पुच्छर भए भन्नेहरु अब चुप लाग्छन् नि भन्दै सामाजिक सञ्जाल ट्वीटरबाट टिप्पणी गरेका छन्। तर नेताहरुबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो भएको नेता रावलले बताएका छन्।

खुलमटारमा केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

प्रचण्डलाई भेट्न ओली खुमलटार पुग्नु नेकपाका नेताहरुका लागि अप्रत्याशित थियो। केही लचकता प्रदर्शन गर्दै खुमलटार पुगेका ओलीले प्रचण्डसँग सहमति गरिहाल्छन् कि भन्ने लख पनि काटियो त्यो बीचमा।

वास्तवमा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक आफ्ना ‘कोपाइलट’लाई भेट्न बिहान ११ बजे खुमलटार पुगेका थिए। उनको आगमनको सूचनासँगै खुमलटारमा बाक्लो संख्यामा सुरक्षाकर्मी केही घण्टाअघि नै तैनाथ थिए। विवादपछि यसअघिका कयौँ भेटभन्दा खुमलटारको भेटबारे फरक सन्देश दिन ओली र प्रचण्डको संयुक्त तस्बिर पनि सार्वजनिक गरियो।

बामदेव बदलिएको संकेत

ओली र प्रचण्डबीचको वार्तामा करिव ४५ मिनेटपछि पार्टी समीकरणमा महत्वपूर्ण भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतमको ‘इन्ट्री’ भयो। गौतमको सचिवालयले गौतम खुमलटारमा मध्यस्थकर्ताका रुपमा पुगेको बताएको छ।

बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले यसअघिका असहज परिस्थतिमा झै गौतमलाई आफूपछिको प्रधानमन्त्रीका रुपमा उभ्याउन भ्याएका थिए।  त्यतिबेला नपत्याए झै गरेका गौतम पार्टीको आसन्न निर्णायक मोडमा बदलिने हुन् कि भन्ने अड्कलबाजी भइरहेको छ।

शुक्रबार प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडाको गुट भेलामा नगएर गौतमले त्यसलाई केही हदसम्म यथार्थमा परिणत गर्न खोजेको सन्देश बाहिरिएको थियो। त्यति नै बेला गौतमले आफ्नो निवासमा करिव दुई दर्जन नेताहरुसँग छलफल गर्नेक्रममा प्रधानमन्त्री ओलीले आफूले पार्टी अध्यक्ष छोड्नुपर्ने अवस्था आएमा त्यसको जिम्मेवारी आफूलाई दिने प्रस्ताव गरेको बताएका छन्।

यसअघिका ओलीविरुद्ध प्रचण्डसहित सचिवालयका चार नेता जम्मा भएका ठाउँमा गौतमको उपस्थिति अनिवार्य जस्तै बनेको थियो। तर ओली र प्रचण्डको वारपारको लडाईँको नतिजा संघारमा पुगेका बेला गौतम ओलीको आश्वासनमा नतमस्तक बन्ने हुन् कि भन्ने अड्कलबाजी भएको हो।

स्रोतका अनुसार ओलीको यो प्रस्तावमा सहमति भएको खण्डमा ओलीले अध्यक्ष पद छोड्ने छन् अनि प्रचण्ड र वामदेव गौतम महाधिवेशसम्म अध्यक्ष रहने छन्। तर यसलाई नेता नेपालले सकारात्मकरुपमा लिन्छन् भन्नेमा नेताहरु विभाजित छन्।

गौतमले ओलीको फेरो समातेको खण्डमा ओली नसच्चिए बहुमतबाट हटाउने प्रचण्ड–नेपालको खेल बीच बाटोमै टुंगिने निश्चित छ। यता प्रचण्ड सचिवालयका अनुसार ओलीले आफू शनिबार खुमलटार आउने जानकारी शुक्रबारकै भेटमा प्रचण्डलाई जानकारी दिएका थिए।

ओली र प्रचण्डबीच खुमलटारमा वार्ता भइरहँदा ओली पक्षका नेताहरुले सहमति हुन सक्ने भन्दै आजको दिन शुभ रहेको भन्नसमेत भ्याए। तर प्रचण्ड पक्षका नेताहरु पनि त्यसमा खासै आशावादी थिएनन्।

नभन्दै उनीहरुको वार्ता उपलब्धिहिन बन्यो। आआफ्नो अडानबाट ओली र प्रचण्ड पछि हटेनन्। ओलीले अध्यादेश फिर्ता गर्नका लागि प्रचण्डसमक्ष आफूविरुद्धको ‘अराजनीतिक’ पत्र पनि फिर्ता गर्नुपर्ने शर्त बालुवाटारका भेटमा जस्तै अघि सारे।

तर ओलीको आग्रह मान्ने पक्षमा प्रचण्ड देखिएनन्। शनिबार पनि प्रचण्डले ओलीलाई अध्यादेश फिर्ता गर्नुपर्ने सहमति भइसकेको र आफू प्रस्ताव फिर्ता लिने स्थितिमा नभएको, बरु आइतबार प्रस्तावित स्थायी कमिटी बैठकमा सामेल हुन आग्रह गरे।

अन्ततः वार्तास्थल फेरिएपनि ओली–प्रचण्ड बदलिएनन्। सवा एक घण्टा चलेको ओली–प्रचण्ड वार्ता निराशामा परिणत भयो। सहमतिका लागि प्रयास भएको औपचारिक सन्देशमा सीमित बन्यो। ओली बाहिरिएपछि खुमलटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रवेश गरे।

ओलीले आफूलाई गरेको आग्रहबारे प्रचण्डले नेपाललाई ‘ब्रिफिङ’ गरे। स्रोतका अनुसार नेपाले पार्टी कमिटी बैठकलाई अलग गरेर कुनै पनि सहमति गर्न नमिल्नेमा अडिग रहन प्रचण्डलाई सुझाएका छन्।

प्रचण्ड र नेपाल खुमलटारमा छलफल गर्दै गर्दा ओली पुल्चोक पुगिसकेका थिए। कुनै बेला प्रचण्ड निकट मानिएका गृहमन्त्री राबहादुर थापालाई भेटेर ओलीले अन्तिम अवस्थामा पार्टी बचाउन व्यक्ति त्याग गर्नुपर्ने सन्देश दिए। बादलसँग एक्लै भेट गरेपछि ओलीले आफू निकट अन्य चार मन्त्रीसँग पनि छलफल गरे।

यसपटक आफू पार्टी एकताको रक्षका लागि दौडधूप गरिरहेको सन्देश दिने प्रयास गरेका ओलीले भित्र भने आफ्नो पद कसरी सुरक्षित राख्ने भन्नेमा उनी केन्द्रित रहेको बुझिन्छ।

दिनभरि नेताहरुसँगको भेटपछि ओली शीतल निवास छिर्नुले उनी मध्यावधि चुनाव या दल विभाजन सम्बन्धी अध्यादेशका लागि दौडधूप गरिरहेका छन् भन्ने बुझ्न सकिने प्रचण्ड–नेपाल पक्षका नेताहरुले बताएका छन्।

नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको रक्षाका लागि यसरी नेताहरुको घरघरमा जानु राम्रो कुरा हो। तर उहाँ मुखमा एउटा र मनमा अर्को कुरा राखेर कहिँ पुग्नु हुन्न।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा

ओली खुमलटार पुगेपछि पुच्छर भए भन्नेहरु चुप लाग्छन् निः नेता रावल

ओली खुमलटार पुगेपछि पुच्छर भए भन्नेहरु चुप लाग्छन् निः नेता रावल

‘अध्यादेश फिर्ता गर्न सहमत भए जस्तै दुवै पदबाट राजीनामा दिन ओली सहमत हुने समय आउँदैछ’

‘अध्यादेश फिर्ता गर्न सहमत भए जस्तै दुवै पदबाट राजीनामा दिन ओली सहमत हुने समय आउँदैछ’

एक घण्टामै खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

एक घण्टामै खुमलटारबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रचण्डलाई भेटेर फर्केर पछि प्रधानमन्त्री ओली बादलसँग छलफलमा

प्रचण्डलाई भेटेर फर्केर पछि प्रधानमन्त्री ओली बादलसँग छलफलमा

प्रधानमन्त्री ओलीले गरे बादलसँगै अन्य मन्त्रीहरुसँग पनि छलफल

प्रधानमन्त्री ओलीले गरे बादलसँगै अन्य मन्त्रीहरुसँग पनि छलफल

आफूविरोधी ‘आरोपपत्र’ फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा फेरि पनि अस्वीकार

आफूविरोधी ‘आरोपपत्र’ फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा फेरि पनि अस्वीकार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?