
काठमाडौँ – पार्टीभित्र आफू एक्लिएपछि संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कडा आपत्ति जनाएका छन्।
उनले प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका हुन् ।
उनले देशसञ्चारसँग भने,‘यो घटनाले हामीलाई चिन्तित बनाएको छ। यो कदम असंवैधानिक छ। यो कदम अमर्यादित छ।र यसले लोकतन्त्रमाथि प्रहार गरेको छ। यसलाई लिएर पार्टीमा गम्भीर छलफल हुन्छ।’
योसँगै नेता नेपालले ओलीले यो सिफारिस तत्काल फिर्ता गर्नुपर्ने मागसमेत गरेका छन्। तर आइतबार मन्त्रिपरिषद बैठकको संसद विघटन गर्ने सिफारिस बोकेर ओली राष्ट्रपतिनिवास शितलनिवासमा पुगिसकेका छन् ।