
काठमाडौँ– राप्रपाका नेता तथा विघटित प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन्।
ललितपुरको मिडिसिटी अस्पतालमा करिब १० दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएका हुन्।
निमोनियाका कारण सिकिस्त भएपछि उनलाई झापाबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।
उनले आफूले उपचार गराएका सबै अस्पतालहरूलाई धन्यवाद दिएका छन्।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनको अस्पताल बसाइपछि आज फर्केको छु। मेरो स्वास्थ्य उपचारमा संलग्न कञ्चनजंघा अस्पताल, विएण्डसी र विशेषगरी मेडिसिटी अस्पतालप्रति आभार व्यक्त गर्दछु। मेरो स्वास्थ्य अवस्थाबारे असाध्यै चिन्ता, चासो र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्दछु।’