वर्षौदेखि दाइबाट बलात्कृत भएको भन्दै बहिनीले दिइन् अदालतमा उजूरी

वर्षौदेखि दाइबाट बलात्कृत भएको भन्दै बहिनीले दिइन् अदालतमा उजूरी
+
-

बुटवल– पाल्पामा दाइले लगातार सात वर्षसम्म बलात्कार गरेको भन्दै एक युवतीले अदालतमा मुद्दा दिएकी छन्।

तिनाउ गाउँपालिका–२ ओढारखोला घर भइ हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेपछि घटना बाहिर आएको हो। सात वर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाइविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्दा हालेपछि घटना बाहिर आएको हो।

गत मंसिर २३ गते पीडित युवतीले हाडनाता करणी अन्तर्गत मुद्दा दिएको जिल्ला अदालत पाल्पाले जनाएको छ। मुद्दा परेपछि अदालतले आवश्यक प्रक्रिया शुरु गरेको छ।

पीडित युवतीका अनुसार ओढारखोलास्थित घरमा दाजुले उनीमाथि लगातार बलात्कार गर्थे। तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफू बस्ने कोठामा लगेरसमेत पटक–पटक बलात्कार गर्ने गरेको उनले बताइन्।

सानै उमेरमा बलात्कृत भएका कारण परिवारलाई पीडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भएपनि अहिले बुवा आमाको कोरोनाका कारण मृत्यु भएपछि दाजुविरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ।

‘म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदासमेत बुवाआमालाई पीडा हुन्छ की भनेर मौन रहेँ,’ पीडित युवतीले भनिन्, ‘अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हालेँ।’

सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाइले घरमा बाँधेर राख्ने गरेको पीडा सुनाउँदै उनले त्यसपछि आफू भागेर काठमाडौँ गएको बताइन्।

लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नु परेको पीडित युवतीको गुनासो छ। उनका अनुसार दाजुले स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधि खुवाएर बलात्कार गर्थे।

‘आफ्नै दाइले यस्तो गर्छन् भनेर मैले सोचेकी थिइन,’ असह्य पीडाले मलाई मानसिक समस्या भयो,’ उनले भनिन्, ‘डाक्टरहरुसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ।’

करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउँदै पीडित युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पीडा र अहिलेसम्म भोगेको मानसिक यातनाको विरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउँछिन्।

पीडित युवतीका दाइले भने सामान्य रिसइबीका कारण बहिनीले उजुरी हालेको प्रतिक्रिया दिए। उनले घटना सत्य नभएको बताए।

मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि दश वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?