बामदेवले प्रचण्डलाई भनेः पार्टी एकताको मध्यस्थकर्तामै केही समय रहन्छु, त्यसपछि कता जाने स्पष्ट पार्छु

बामदेवले प्रचण्डलाई भनेः पार्टी एकताको मध्यस्थकर्तामै केही समय रहन्छु, त्यसपछि कता जाने स्पष्ट पार्छु
+
-

काठमाडौँ- पार्टी राजनीति विभाजनमा आइसक्दा पनि तटस्थ देखिने प्रयास गरेका उपाध्यक्ष बामदेव गौतमले नेकपाको एउटा खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू अझै केही दिन मध्यस्थकर्ताकै रुपमा रहने स्पष्ट पारेका छन्।

शनिबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका गौतमले पार्टी एकताको अझै पनि आशा रहेको र त्यसका लागि आफूले पहल गरिरहेको सुनाएका हुन्।

गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार गौतमले प्रचण्डलाई भनेका थिए, ‘एकताको गुन्जायस रहेसम्म त्यसमा लाग्ने अठोट गरेको छु। म एकताकै अभियानमै छु। बरु तपाईँहरुले गर्ने गतिविधिले पार्टी एकतालाई क्षति नपुग्नेगरी तपाईँहरुले गतिविधि नगर्नुहोस्। म तपाईँहरुको सम्पर्कमा रहिरहन्छु।’

त्यसअघि पार्टीको विषयवस्तु एउटा निष्कर्षमा पुगिसकेको र आफूहरुको आन्दोलनमा सामेल हुन प्रचण्डले गौतमलाई आग्रह गरेको दाबी गरिएको छ।

तर गौतमले संसद भंगको आफू विरोधी नै भएको प्रचण्डलाई सुनाएको सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार गौतमले प्रचण्डलाई भनेका थिए,‘संसद भगको म पनि विरोधी हो। संसद भंग असवैधानिक रुपमा गरिएको छ। यो मुलुकको हितमा छैन। यसमा तपाईँ र मेरो कुरा मिल्छ। तर पार्टी एकताको अझै सम्भावना रहेकाले म त्यसमा केही दिन प्रयास गर्छु। त्यसपछि म मेरो कित्ता स्पष्ट पार्छु। अहिले पार्टी एकताको अभियानमा एक जना मध्यस्थकर्ता आवश्यक पर्ने हुँदा त्यसमा आफूलाई उभ्याएको छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?