मुलुक र पार्टीमा उत्पन्न संकट निवारणका लागि बामदेव सारेका तीन विकल्प, भन्छन्ः मध्यस्थकर्ताको भूमिकामा केही दिन हुन्छु

मुलुक र पार्टीमा उत्पन्न संकट निवारणका लागि बामदेव सारेका तीन विकल्प, भन्छन्ः मध्यस्थकर्ताको भूमिकामा केही दिन हुन्छु
+
-

काठमाडौँ – सत्तारुढ नेकपा एकताको सम्भावना जीवितै रहेको र आफू त्यसैमा जुटेको भन्दै तठस्थ बस्ने प्रयास गरेका उपाध्यक्ष बामदेव गौतमले मुलुक र पार्टीमा उत्पन्न पछिल्लो संकट निवारणका लागि नेताहरुसमक्ष तीन विकल्प अघि सारेका छन्।

राजनीतिकरुपमा विभाजित भइसकेको नेकपामा प्रभावशाली नेता कता? भन्ने प्रश्नको जवाफको तीव्र खोजी भइरहेका बेला नेता गौतमले संकट निवारणका लागि तीन विकल्प अघि सारेको बताएका छन्।

उनले केही कानुन व्यवसायीहरुसँगको निरन्तर परामर्शपछि जसरी पनि संसद पुर्नस्थापित गर्ने, पार्टी विभाजन रोक्ने, विभाजन भइहालेको खण्डमा दुवै पार्टी मिलेर संयुक्त सरकार बनाउने र दुवै पार्टीका अध्यक्षहरुले पालैपालो सरकार चलाउने भन्ने तीन विकल्प अघि सारेको बताए।

यी तीन विकल्पमाथि गम्भीर भएर छलफल गर्न आफूले पार्टी अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेको उनको भनाई छ।

तर संसद पुर्नस्थापित कुनै पनि हालतमा नहुने निष्कर्ष प्रधानमन्त्री ओलीले निकालेपछि हाललाई ती विकल्पमाथि छलफल स्थगित गरेको गौतमले बताए।

उनले देश सञ्चारसँग भने,‘ पार्टी एकताको आश मलाई अझै छ। त्यसैले कुनै पक्षको भेला वा बैठकमा गएको छैन। नत कुनै एक समूहलाई समर्थन गर्छु भनेको छु। तर मेरो दुबै पक्षसँग छलफल निरन्तर चलिरहेको छ।’ तपाईँको दौढधूपले कहिले निष्कर्ष निकल्छ त? भन्ने प्रश्नमा गौतमले छिट्टै नै कुनै निष्कर्ष निकस्ने र त्यो सकारात्मक हुनेमा आफू आशावादी भएको बताए।

उनले भने,‘पार्टी फुटको पीडा र क्षति के हुन्छ त्यो हामी सबैलाई थाहा छ। पार्टी जुटले मुलुकको समृद्धिमा कस्तो प्रभाव पार्छ त्यो पनि सबैलाई थाहा छ। त्यसैले पार्टी एकताको पक्षमा म लागेको छु। छिट्टै नै निष्कर्ष निस्किने छ।’

गौतमले शनिबार बिहान प्रचण्डलाई भेटेर पार्टी एकतालाई असर पर्ने कुनै पनि काम नगर्न आग्रहसमेत गरेको दाबी गरे। ‘प्रचण्डजीले मेरो समूहमा आउनुहोस्, प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध एकै ठाउँमा उभिएर संघर्ष गरौँ भन्नु स्वाभाविक हो।

तर मैले उहाँलाई केही दिन पर्खनुहोस् भनेको छु। म पार्टी एकताको पक्षमा दौढधूप गरेको छु भनेको छु।’ गौतमले लामो संघर्षपछि एक भएको पार्टी फुट्न लाग्दा त्यसलाई बचाउने कुनै न कुनै मध्यस्थकर्ता चाहिने भएकाले त्यो भूमिका हाललाई आफूले निर्वाह गरिरहेको बताए।

तर स्रोतका अनुसार नेता गौतम पार्टी एकताका लागि छिमेकी मुलुकका उच्च अधिकारीहरुसँग पनि निरन्तर परामर्शमा छन्। त्यसअनुसार पछिल्लो पटक चिनियाँ राजदूत हाउ यान्छीले संसद विघटन प्रकरणपछि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्ड, नेपाल र पूर्वसभामुख कृष्णबहादुरसँग पार्टी एकताका पक्षमा छलफल गरेकी थिइन्।

नेकपाको विवादमा चीनको चासो र सक्रियताका मामिलामा भने गौतमले अहिले नबोल्ने बताए । तर गौतम निकट एक नेताका अनुसार आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका चार सदस्यीय उच्चस्तरीय टोली नेकपाको विभाजन रोक्ने उद्देश्यसहित नेपाल आउन लागेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको उनले बताए ।

नेपालमा चार दिन बिताउने गरी आएको यो टोली र नेकपाका दुवै पक्षका शीर्ष नेताहरुसँग छलफल गर्नका लागि चिनियाँ राजदूत हाउ याङ्छीले समय लिइसकेको उनको भनाई छ।

तर प्रचण्ड पक्षका एक स्थायी कमिटी सदस्यले भने,‘हाम्रो आन्तरिक मामिलामा विदेशीको हस्तक्षप हुनुहुन्न। अर्कोतिर ओलीसँग मिलेर पार्टी चलाउन अब असम्भव जस्तै बनिसकेको छ। असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्नेसँग मिल्दा हाम्रो पनि बदमान हुन्छ। त्यसैले अब पार्टी एकताका लागि धेरै प्रयास नगरेकै राम्रो। संसद विघटनको विरुद्धमा संघर्ष गर्नु राम्रो। ओलीको मनस्थिति पनि हामीलाई अलग्याएर सरकार र पार्टी कब्जा गर्ने छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?