
काठमाडौँ-नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा सम्पन्न ह्वावे आइसिटी अवार्ड २०२० लाई अन्तराष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि ब्राण्ड ह्वावेले ९ज्गबधभष्० प्रस्तुत गरेको छ।
ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोकका सदस्य डा राम कुमार फुयाल र हुवावे नेपालका सिइयो ज्याङ जियोजिङ लगायतले विजेतालाई अवार्ड प्रदान गरेका थिए।
अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर विहृतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए।
अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थााई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो । यसैगरी सचिव हरि बस्यालले ह्वावे जस्ता विश्वप्रसिद्ध कम्पनीहरुसग्ाँको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पुराहुनसक्ने बताए ।
पुर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य रामकुमार फुयाल र ह्वावेका सिइयो ज्याङपनि सम्वोधन गरेका थिए । ह्वावेका सिइयो ज्याङले नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्प्रधि र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए।
ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यस पटक एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । ह्वावे आइसिटी अवार्ड २०२० का लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी र सोही बराबर जुरी सल्लाहकार रहेका थिए ।
ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा गरिएको थियो । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ।
यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ।
सोहि उत्कृष्टहरु मध्येबाट ग्राण्ड फिनालेमा सर्वोकृष्ट अवार्ड बिजेताहरुको घोषणा गरिएको हो।
कस्ले कुन विधामा कुन अवार्ड पाए ?
१.स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
२.प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस
३.राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं
४.एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
५.डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
६.डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग
७.पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेती
८.आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा
९.नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय
१०.वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा
११.मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
१२.जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य