
काठमाडौँ–ओपोले फाइभजी कनेक्टेड ईकोसिस्टमका लागि आवश्यक प्रमुख उत्पादनहरुको थप विकास तथा निर्माण कार्यका लागि भारतको हैदरावाद आरएण्डडी सेन्टरमा फाइभजी ईन्नोभेशन ल्याब स्थापनाको घोषणा गरेको छ।
फाइभजीको व्यवसायीकरण तथा तिब्र गतिमा विकासोन्मुख क्षेत्रमा भारतको सटिक प्राविधिक उपस्थिति दर्साउने यो पहल ओपोका लागि निकै महत्वकांक्षी कदमका रुपमा रहेको छ ।
‘ओपोको प्राविधिक विकासका लागि फाइभजी एक अपरिहार्य दिशाका रुपमा रहँदै आएको छ । भारतमा फाइभजी ल्याबको स्थापनासंगै फाइभजी ईकोसिस्टमका लागि अत्यावश्यक मुलभूत प्रविधिहरुको निर्माण हाम्रो प्रमुख उद्देश्य हो’ ओपो रिचर्स ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने।
उनले आफ्ना पार्टनर्सहरुका साथमा औद्योगिक रुपान्तरणलाई थप अगाडी बढाउन यसले उल्लेख्य तेवा पु¥याउने हाम्रो विश्वास व्यक्त गरे।
विकास अग्रसर ओपोको यो कदमले ब्राण्डद्वारा घोषित थ्री+एन+एक्स रणनीतिको सटिक प्रतिनिधित्व पनि गरेको छ । जहाँ ‘एन’ ले फाइभजी, एआई र कनेक्टिभिटी लगायत आवश्यक दक्षता÷क्षमताको प्रतिनीधित्व गर्छ । स्थापित नयाँ ल्याबले यावत् क्षेत्रहरुमा प्राविधिक क्रान्तिका लागि सुधारोन्मुख कार्य गर्नेछ ।