
पर्सा- प्रहरीले १३ सय ५० एम्पुल लागुऔषधसहित रौतहटबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषधसहित भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत हसनपुर बालुवा वस्ने २३ बर्षिय अनिल कुमार जैसवाल र मोतिहारी जिल्ला कुडवा चैनपुर वस्ने शम्भु चौधरीको छोरा २२ बर्षिय रबि कुमारलाई पक्राउ गरेको हो।
दुवै जनालाई प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क चोकमा अस्थायी प्रहरी पोष्ट वसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेका रामबाबुको साथमा रहेको झोलाबाट नोरफिन २ एमएलको ४ सय ५० एम्पुल वटा, डाईजेपाम ४ सय ५० एम्पुल , र फेनारागोन ४ सय एम्पुल गरि १३ सय ५० एम्पुल लागुऔषध बरामद गरिएको रौतहटका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका रामबाबुलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दै जादा उनका साथी रबिलाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुबैजना बिरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको श्रेष्ठले बताए।