चिनियाँ टोली र प्रचण्डबिच झण्डै दुई घण्टा वार्ता

चिनियाँ टोली र प्रचण्डबिच झण्डै दुई घण्टा वार्ता
+
-

काठमाडौँ – नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ ।

प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेको हो । उनीहरुबिच झण्डै दुई घण्टा वार्ता भएको हो ।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली सो खेमाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न बानेश्वरतिर लागेको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?