संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको काठमाडौँमा जुलुस र विशाल आमसभा

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको काठमाडौँमा जुलुस र विशाल आमसभा
+
-

काठमाडौँ-संसद् विघटनविरुद्ध नेकपा (अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल) समूहले काठमाडौं उपत्यकाको १३ विभिन्‍न स्थानबाट जुलुस निकालेको छ।

मंगलबार दिउँसो उक्त जुलुसको नेतृत्व प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु गरेका छन्। टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसालले गरेकी छिन् भने नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल गरेका छन्।

यस्तै नक्सालबाट जनार्दन शर्मा, न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपानेले जुलुसको अगुवाइ गरेका छन् भने त्रि-चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, र बागबजारबाट गिरिराजमणि पोखरलले जुलुसका लागि नेतृत्व गरिरहेका छन्।

त्यस्तै वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको छ। उक्त समूहले उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने दाबी गरेको छ। साथै जुलुसमा आसपासका जिल्लाहरूबाट पनि कार्यकर्ताहरु आएका छन्। तर उनीहरु छुट्टाछुट्टै जुलुससहित आएका हुन् ।

पूर्वसिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरको जुलुस बानेश्वरबाट निस्किएको छ। मकवानपुर, चितवन, धादिङको जुलुस टेकु हुँदै टुडिखेल पुगेको छ।

यस्तै नुवाकोट, रसुवाको जुलुस लैनचौर हुँदै आएको छ भने ललितपुरको जुलुस कुपन्डोल हुँदै टुंडिखेल पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?