काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने केपी ओलीलाई नछाड्ने उद्घोष गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘यस भेलाले अब संसद विघटनविरुद्ध जारी रहन्छ। अब संसद विघटन गर्ने जोकोहीलाई पनि छाड्नेबाला छैन। अब भोलिदेखि नै तयारी गरे हुन्छ।’
उनले अब हामी लोकतन्त्र र जनताको बीचमा आएकाले प्रतगमनकारी ओलीसँग लडाइँ जितेको दाबी गरे। उनले भने, ‘ओली प्रतिगामी भएपछि हामी जनताको बीचमा छौँ। त्यसकारण हामीले हाम्रो लडाइ जितेका छौँ। हामीले जनताको आम भावना र चाहनालाई सम्मान गर्दै अब लडाइँ जारी रहन्छ। हामी छाड्नेबाला छैन।’

भर्खरै
लोकप्रिय






































































































































































































