प्रचण्ड–नेपाल खेमाले प्रधानमन्त्रीबाट हटाउन ओलीलाई अपराधीका रुपमा खडा गरेको बादलको आरोप

प्रचण्ड–नेपाल खेमाले प्रधानमन्त्रीबाट हटाउन ओलीलाई अपराधीका रुपमा खडा गरेको बादलको आरोप
+
-

काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संविधान, गणतन्त्र र संघीयता असफल बनाउन प्रतिगमनकारी शक्ति सक्रिय भएको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड–नेपाल खेमालाई प्रतिगमन शक्ति भनेका बादलले नेकपालाई विभाजन गर्न यो खेमा सफल भएको आरोप लगाए।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले नेकपाको एउटा गुट पार्टीबाट अहिले अलग भएको बताए।

यो विभाजनबाट उक्त गुट अति नै उत्साहित भएको दाबी समेत उनले गरे। उनले भने, ‘हिजो एकता हुँदा उनीहरु चिन्तित थिए। आज विभाजित हुँदा निकै खुसी भएका छन्।’

बादलले प्रतिगमन शक्तिलाई अब आफ्नो दिन फर्किनेवाला छ भन्नेमा विश्वस्त भएको बताएका छन्। उनले भने, ‘नेकपा विभाजन हुँदा उत्साहित भएकाहरु सडकमा उत्रिएका छन्।’

बादलले पुन: विभाजित कम्युनिष्ट आन्दोलनलाई जनताले मात्रै एक बनाउन सक्ने भएकाले जनतामा जाने सरकारको निर्णय सहि भएको दाबी गरे। फेरिपनि नेकपाको सशक्त नेतृत्वको जिम्मा अब जनताले लिएको र जनताले नै नेकपा नेतृत्व पुनःस्थापित गर्ने बताए।

उनले भने, ‘प्रतिगमनका खतराहरु आकाशमा मडारिरहेको छ। विदेशी शक्तिहरु पनि चलखेलमा उत्रिएका छन्। माथि एकअर्कालाई कारबाही गरेर प्रतिगमनकारीलाई किनारा लगाउन नसकिने भएकाले जनतासँग गएमा उनीहरुले नै किनारा लगाउने छन्।’

पार्टी विभाजन पदीय लोभका कारण भएको बादलको दाबी छ। उनले भने, ‘को प्रधानमन्त्री हुने, को राष्ट्रपति हुने, को मन्त्री हुने, को सचिव हुने भन्नेमा केन्द्रीत भएर नेकपा विभाजित भएको हो। सत्ता लोलुपता नै हो विभाजनको प्रमुख कारण।’

उनले ओलीलाई कमरेडका रुपमा नभइ अपराधीका रुपमा खडा गरेर प्रस्ताव तयार भएको आरोप लगाए। अपराधी खडा गरेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन खोजेको दाबी गरे। उनले प्रचण्ड–नेपाल खेमाले यस्तो प्रयास गरेको बेला आफूले त्यसको विरोध गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?