
काठमाडौँ- नेकपा ओली खेमाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपामा भित्र उत्पन्न दुर्भाग्य बाहिर या विदेशीबाट नभई आफ्नै नेताहरुबाट निम्तिएको दाबी गरेका छन्।
प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्धारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले आफ्नै पार्टीका केही नेताहरुको जंगली महत्वकांक्षाका कारण दुर्भाग्य निम्तिएको दाबी गरे ।
उनले पार्टीको अर्को खेमालाई लक्षित गर्दै भने,‘आफ्नो जंगली महत्वकांक्षा पुरा गर्न नपाउँदा, पद नपाउँदा यस्तो दुर्भाग्य निम्तिाइएको हो।’
उनले यो अचानक आएको अवस्था नभएको दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले अचनाक संसद विघटन नगरेको उनको दाबी छ। उनले घटनाहरु एक्लाएक्लै प्रकट नहुने उनको भनाई छ।