भर्चुअल मुद्रा बिटक्वाइनको मूल्‍य ३९ लाख रुपैयाँ भन्दा बढी पुग्यो

भर्चुअल मुद्रा बिटक्वाइनको मूल्‍य ३९ लाख रुपैयाँ भन्दा बढी पुग्यो
+
-

विद्यतीय पैसा ( भर्चुअल मुद्रा) बिटक्वाइनको मूल्‍य पहिलो पटक ३४ हजार अमेरिकी डलर अर्थात ३९ लाख नेपाली रुपैयाँ भन्दा बढी पुगेको छ।

यसअघि दिउँसो ३ बजेसम्‍म ३३ हजार अमेरिकी डलरमा कारोबार भइरहेको बिटक्वाइन ७.८ प्रतिशतले बढेर ३४ हजार अमेरिकी डलर पुगेको ब्लुमबर्गले जनाएको छ। यो अहिलेसम्‍मकै सबैभन्दा उच्च मूल्‍य कायम भएको हो।

गत डिसेम्बरमा ५० प्रतिशतले बिटक्वाइनको मूल्य बढेको थियो। त्‍यतिबेला करीब २० हजार अमेरिकी डलर पहिलोपटक बिटक्वाइनको मूल्‍य बढेर कायम भएको थियो। तर नयाँ वर्ष लागेसँगै बिटक्वाइनको भाउ उच्च गतिले बढेको हो।

Russia's Largest Bitcoin Mine Turns Water Into Cash

शनिवार प्रति बिटक्वाइनको मूल्य ३०,८२३.३० अमेरिकी डलर कायम भएको थियो। केही साताअघि मात्रै पहिलोपटक बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नाघेको थियो।

गएको वर्ष मात्रै बिटक्वाइनको मूल्य चौगुनाभन्दा बढी बढेको छ। यसको कारण यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहनु बताइएको छ।

विज्ञहरूले अमेरिकी डलर अवमूल्यन हुने क्रम रहेको अवस्थामा यसको मूल्य अझ बढ्न सक्ने बताएका छन्। हालै पेपल नामक अनलाइन पेमेन्ट गेटवेले बिटक्वाइनबाट कारोबार गर्न सकिने बनाएको थियो। तर क्रिप्टोकरेन्सीको मूल्य घटबढ भइरहने गर्छ।

सन् २०१७ मा बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर नजिक पुगेर घटेको थियो। बिटक्वाइनको सबैभन्दा कम मूल्य ३,३०० डलरसम्म पुगेको छ।

गत वर्ष नोभेम्बरमा १९ हजार नाघेपछि यसको मूल्य फेरि कम भएको थियो।

यता, गगेनहेइम इन्भेस्टमेन्टका प्रमुख स्कोर्ट माइनर्डले भनेका छन्, ‘विटक्वाइनको मूल्य अझ बढ्दै जानेछ। यसको मूल्‍य केही हप्तामै ४० हजार डलर अर्थात एक विट्क्वाइन बराबर ४० लाख नेपाली रुपैयाँ पुग्छ।’

हाल बिटक्वाइन अमेरिकामा अन्य मुद्रा झैँ प्रयोग भइरहेको छ। मानिसहरुले भर्चुहल पैसाबाट हरेक कारोबार गर्ने गरेका छन्। खासगरी सेयरमार्केटमा बिटक्वाइनको प्रयोग उच्च गतिले बढ्दै गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?