नेकपा (प्रचण्ड–नेपाल) खेमाको स्थायी कमिटी बैठक जारी, एकताका बाँकी काममा केन्द्रित

नेकपा (प्रचण्ड–नेपाल) खेमाको स्थायी कमिटी बैठक जारी, एकताका बाँकी काममा केन्द्रित
+
-

काठमाडौँ- नेकपा (प्रचण्ड–नेपाल) खेमाको स्थायी कमिटी बैठक अहिले पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ।

यो खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पूर्वघोषित दोस्रो चरणको आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेमा बैठक केन्द्रित छ।

यो खेमाका पार्टीका अध्यक्ष तोकिएका माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसिररहेको हो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सोमबार बिहान भारतको मुम्बई जानु परेपछि नेपालको अध्यक्षतामा मात्रै बैठक बसेको हो।

आइतबार पनि यो खेमाको स्थायी कमिटी बैठक बसेको थियो।  उक्त बैठकले पार्टी एकताका बाँकी काम पुरा गर्नका लागि नेपालकै अध्यक्षतामा कार्यदल गठन गरिएको थियो।

श्रेष्ठले आइतबार पाँच वटा कार्यसूची बैठकमा पेश गरिएको र त्यसैबारे अहिले छलफल भइरहेको बताए।  उनले भने,‘ आइतबार पेश गरिएका कार्यसूचीबारे छलफल गरिरहेका छौँ। एकताका बाँकी काम कसरी पुरा गर्ने मामिलामा पनि छलफल भइरहेको छ। र, संसद विघटनविरुद्धको आन्दोलन पनि कसरी सशक्त बनाउने भन्नेमा छलफल हुनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?