उद्योग वाणिज्य महासंघ प्रदेश-१ का पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन, ढकाल नयाँ अध्यक्ष

उद्योग वाणिज्य महासंघ प्रदेश-१ का पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन, ढकाल नयाँ अध्यक्ष
+
-

झापा – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश -१ को साधारण सभाले सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन गरेको छ।

महासंघको प्रदेश १ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।

सोमबार झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेललाई चयन गरेको छ। त्यस्तै एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेशकुमार राठी चयन भएका छन्।

जिल्ला नगर सदस्यमा युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटुवाल, वीरेन्द्रकुमार शाह र प्रितम खड्गी सर्वसम्मत चयन भएका छन्।

वस्तुगत सदस्यमा सुवास आचार्य र राजन श्रेष्ठ चयन भएका छन्। एसोसिएट्स सदस्यमा साधारण सभाले रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाललाई चयन गरेको छ।

महासंघको प्रदेश-१ मा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट्स सदस्य छन्।

अध्यक्षमा निर्वाचित भएपछि देशसञ्चारसंग कुरा गर्दै ढकालले प्रदेशमा देखिएका उद्योग वाणिज्य क्षेत्रका समस्या पहिल्याउने पहिलो काम हुने बताए।

उनले भने, ‘हामी आजै नयाँ कार्यसमितिको पहिलो बैठक बसेर सबै साथीहरूको राय सुझाव अनुसार समस्या क्रमबद्ध रुपमा पहिचान गर्नेछौं।’

उनले उद्योग वाणिज्य क्षेत्रका समस्यालाई लिएर प्रदेश सरकारलाई घच्घच्याउने र केन्द्रबाट समाधान हुने समस्याका लागि केन्द्रीय महासंघसंग लबिङ गर्ने ढकालले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष