
काठमाडौँ- नेकपा (प्रचण्ड-नेपाल) खेमाले पार्टीको गण्डकी प्रदेशको इन्चार्जबाट पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ।
सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटि बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई इन्चार्ज तोकेको छ।
साथै बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निणर्य गरेको छ भने प्रदेश कमिटि सचिवमा श्रीमाया थकालीलाई राखिएको छ।