लगानीको प्लेटफर्म दिने आइडिया स्टुडियोको पाँचौ सिजन सुरु

लगानीको प्लेटफर्म दिने आइडिया स्टुडियोको पाँचौ सिजन सुरु
+
-

काठमाडौँ- ज्ञान र सीप भएका उद्यमीहरुलाई लगानीको प्लेटफर्म दिने आइडिया स्टुडियोको पाँचौ सिजन सुरु भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ सिजन सुरु भएको आयोजकले जानकारी दिएको हो।

पत्रकारमा सम्मेलनमा आइडिया स्टुडियाका सह–संस्थापक रुपेश कृष्ण श्रेष्ठले उद्यमशीलता इकोसिस्टम बनाउनका लागि केवल ज्ञान र लगानी हुनु जरूरी रहेको बताए।

उनले भने, ‘ज्ञान र सीपलेयुक्त आइडियालाई हामीले लगानीको वातावरण जुटाइदिन्छौ। त्‍यसकारण युवा उद्यमीहरुलाई यसमा सहभागी हुन अनुरोध गर्दछौ। तर आफूहरुले सामाजिक ईन्नोवेशनको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सम्पूर्ण इकोसिस्टममा पनि ध्यान दिन जरुरी छ।’

यस्तै आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा.छिरिङलामाले कार्यक्रममा बोल्दै आफूहरुले गरिरहेका कामले व्यक्तिगत परिवर्तन मात्र ल्याउनुका साथै देशमा सकारात्मक परिवर्तन ल्याउन पनि योगदान पुर्‍याएको बताए।

उनले भने, ‘देशमा अहिले असल उद्यमीहरुको खाँचो छ। हामी यही असल उद्यमीहरुको खोजीमा छौ। यसले समालाई सकारात्मक सन्देशका साथै रुपान्तरण र इको सिष्टमलाई नै हराभरा बनाउन सक्छ।कृपया आउनुस् हामीसँग सहकार्य गरौ।आइडिया लिएर आउनुस्, लगानीको वातारण हामी जुटाइदिन्छौ।’

उक्त सिजनमा सहभागिता जनाउन स्टुडियो डट ओआरजी डट एनपीमा भिजिट गर्न सकिने वा ९८०११७८७८७ सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?