गुणस्तरहीन काम भएको भन्दै अप्टिकल फाइबर बिच्छ्याउन स्थानीयबासीको अवरोध

गुणस्तरहीन काम भएको भन्दै अप्टिकल फाइबर बिच्छ्याउन स्थानीयबासीको अवरोध
+
-

झापा – मेची राजमार्गको इलामको रोङ गाउँपालिका सडक खण्डमा नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर बिच्छ्याउन लगाएको ठेक्कामा व्यापक लापरवाही भएको भन्दै स्थानीयबासी आन्दोलित बनेका छन्।

प्रदेश १ का जिल्लामा अप्टिकल फाइबर बिच्छ्याउन कोरियाली कम्पनीलाई प्राधिकरण ठेक्का दिएको तर काम गुणस्तरहीन भएको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन्।

प्राधिकरणले कोरियन कम्पनी एलएस केवल सिस्टम प्रालिलाई ठेक्का दिएको छ।  तर उक्त कम्पनीले आफै काम नगरेर पेटी ठेकेदारलाई काम गर्ने जिम्मा दिएको स्थानीयबासीको आरोप छ।

पेटी ठेकेदारले काममा व्यापक लापरबाहीसँगै ढिलासुस्ती गरेपछि त्यसको विरोधमा स्थानीयबासीले कुमार ढुङ्गेलको संयोजकत्वमा संर्घष समिति गठन गरेको छ।

रोङ गाउँपालिका ३ र ४ नम्बर वडा पर्ने जोरकशलदेखि कुट्टीडाँडासम्म अहिले धमाधम अप्टिकल फाइबर बिच्छाउने काम भइरहेको छ। तर, विरोधमा उत्रिएका स्थानीयबासीले सोमबारदेखि काम बन्द गराएको संर्घष समितिका संयोजक ढुङ्गेलले बताए।

संर्घष समितिले जिल्ला प्रशासन कार्यालय इलामलाई ध्यानाकर्षण गराउँदै पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।

उनका अनुसार सरोकारवालासँग सम्बन्धित निकायले तत्काल वार्तामा आउनुपर्ने, अस्तव्यस्त भएको सडक पहिला जस्तै बनाउनु पर्ने, आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय काम गर्नुपर्ने, भत्किएको सडक संरचना बनाउनुपर्ने र मेची राजमार्गको पक्की नाला, कालोपत्रे भत्काएर फाइबर बिच्छयाउन दिएको अनुमति सम्झौता पत्र सार्वजनिक गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको बताए ।

तत्काल सम्बन्धित निकायले समस्याको समाधान नगरे पुस २६ गतेदेखि दैनिक एक घण्टा राजमार्ग बन्द गर्ने लगायतको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको उनले बताए ।

कानुनको समेत धज्जी उडाउँदै राजमार्गमा जथाभाबी नाली र कालोपत्रे भत्काई सडक अवरुद्ध गर्ने कार्य गलत भएको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए।

सडकमै निर्माण सामाग्री थुपार्ने, सुस्त गतिमा थोरै जनशक्ति प्रयोग गरी जथाभाबी काम गर्दा पनि सम्बन्धित निकाय मुखदर्शक भएको देख्दा आश्चर्य लागेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष