
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी भारत भ्रमणका बेला सीमा विवादका विषयमा कुरा उठाउने दाबी गरेका छन्।
राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले आइतबार ओलीले परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय अधिकारीहरुसँग वार्ता गर्ने क्रममा नयाँ नक्सामा छापिएको भुभागका बारेमा कुरा उठाउने जानकारी दिएका हुन्।
ओलीले छिमेकी मुलुकबाट नेपालमा भइरहेको भ्रमण स्वाभाविक भएको र उनीहरुले नेपालको भलो चिताउने गरेको बताए।
उनले भने, ‘छिमेकीहरुको भ्रमण हुँदा किन प्रश्न? सबै आउँछन्, कुरा गर्छन् र र भलो चिताउँछन्। हाम्रो तर्फबाट पनि भ्रमणहरु सुरु भएका छन्। परराष्ट्रमन्त्री भारत भ्रमण जाँदै हुनुहुन्छ। नक्सामा छापिएको भुभागलगायत विषयमा छलफल गर्ने कार्यक्रम छ।’