
काठमाडौँ- निर्वाचन आयोगले वैधानिकता दिन ढिलाई गरेका बेला नेकपा (प्रचण्ड–नेपाल) पक्षको बैठक सुरु भएको छ।
यो पक्षको बैठक आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई बैधानिकता प्रदान गर्न भएको ढिलाई, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमको विरोधका कार्यक्रमलाई अझै सशक्त बनाउने लगायत विषयमा बैठकमा छलफल हुने बताए।