बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
+
-

वीरगञ्ज– बारामा  गाँजा तस्करी गर्ने समूह र प्रहरीबीच गोली हानाहान भएको छ। गोली हानाहानपछि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय इमान सिंह तामाङलाई गाँजासहित नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गाँजा ओसारपसार तथा खरिद बिक्री गरिरहेको देखेपछि प्रहरी र तस्करबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ।

करिब ८/१० जनाको समूहमा रहेका उनीहरुले प्रहरी टोलीलाई देख्नासाथ प्रहरीलाई लक्षित गोली चलाएपछि प्रहरीले पनि प्रतिकार स्वरुप पाँच राउण्ड फायर गरेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

गोली हानाहानपछि तस्कर समूहका तामाङलाई घटनास्थलबाट ५ वटा बोराभित्र लुकाइछिपाइ राखेको १ क्विन्टल २ किलो गाँजासहित नियन्त्रणमा लिएको थियो। उनको साथबाट लोड भएको एक थान भरुवा बन्दुक पनि बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

नियन्त्रणमा रहेका तामाङलाई हातहतियार खरखजाना र लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गराइ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’