भायोनेटको डाटा ह्याक गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ

भायोनेटको डाटा ह्याक गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुईजना पक्राउ
+
-

काठमाडौँ-इटरनेट सेवा प्रदायक कम्पनी भायोनेटका ग्राहक तथ्याङ्कमा अनधिकृत पहुँच पुर्‍याई गोप्य सूचना फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने ती व्यक्तिलाई पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ।

उनले विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेको आरोपमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको ब्यूरोले जनाएको छ।

यसैबीच श्रीलङ्का पुर्‍याई मानव बेचबिखन गरेको आरोप लागेर फरार हुँदै आएका मोरङका ५२ वर्षीय चन्द्रप्रकाश राईलाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

उनले एक महिलालाई भारत हुँदै श्रीलङ्का पुर्‍याएर मानसिक र शारीरिक यातना दिई बन्धक बनाएर बेचबिखन गरेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?