फाेटाे फिचर

चिसो मौसममा तातो भक्काको स्वाद (तस्बिरहरू)

चिसो मौसममा तातो भक्काको स्वाद (तस्बिरहरू)
+
-

झापा  कोच राजवंशी समुदायले बुधबार ‘राष्ट्रिय भक्का दिवस’ एक कार्यक्रम गरि मनाएको छ।

सामाजिक संस्था कोचिला ग्राभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा झापाको विर्तामोडमा बृहत् सांस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाइएको हो।

भक्का दिवस कार्यक्रम बिहान ८ बजेदेखि विर्तामोडको सिटी सेन्टर अगाडि भएको थियो। भाक्का कोच राजवंशी समुदायले चिसो (हिँउदे) मौसममा खाने प्रमुख परिकार हो।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातीले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ ।

राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातीबीच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित भक्का दिवस मनाउन थालिएको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए।

भक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पीठोको चामलमा कुनै बस्तु मिसावट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अर्ग्यानिक र स्वास्थ्यकर खाजाको रुपमा परिचित छ।

भाक्का दिवस कार्यक्रमलाई झापाका विभिन्न स्थानीय तह तथा संघ संस्थाले सहयोग गरेका छन्। दिवसमा पूर्व सांसद तथा प्रदेश १ का प्रदेश सभासदस्य तथा जिल्लास्थित सरकारी उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष