
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई प्रथम अध्यक्ष मान्दा आफूलाई आनन्द आउने पटक–पटक दोहोर्याएका छन्।
उनले काठमाडौँमा आयोजित भेलामा बुधबार ओली जस्तो नभइ अन्यायका विरुद्धमा अविचलित रहने स्वाभाव रहेकाले माधव नेपाललाई प्रथम अध्यक्ष बनाउँदा आनन्द आउने टिप्पणी गरे।
नेपालसँगको सहकार्यले ४० वर्ष नाघेको भन्दै त्यसमा केही समय खर्च गरेका दाहालले अहिले नेपाललाई प्रथम अध्यक्ष मान्दा आनन्द आएको बताएका हुन्।
उनले भने, ‘माधव नेपालमा इमान छ। उहाँ अन्यायका विरुद्ध अटल हुनुहुन्छ। उहाँलाई अध्यक्ष मात्रै होइन प्रथम अध्यक्ष मान्दा आनन्द आउँछ।’