आधिकारिकताका लागि नेकपाका दुवै पक्षबाट निर्वाचन आयोगमा पत्र पेश

पार्टी विभाजन नभएको ओलीको दाबी, आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाहाल–नेपालको स्पष्टोक्ति

पार्टी विभाजन नभएको ओलीको दाबी, आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाहाल–नेपालको स्पष्टोक्ति
+
-

काठमाडौँ – नेकपामा विभाजित दुवै पक्षले आफू आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगसमक्ष पत्र पेश गरेका छन्।

आयोगद्वारा निर्धारित समयसीमाको अन्तिम दिन दुवै पक्षले आधिकारिकताका लागि आआफ्ना दाबीसहित आयोगसमक्ष पत्र पेश गरेका हुन्।

ओलीले नेकपा विभाजित नभएको, आफू त्यसको प्रथम अध्यक्ष भएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वितीय अध्यक्ष नै रहेको दाबी सहितको ११ पृष्ठ लामो पत्र आयोगमा पेश गरेका छन्।

यता पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले भने अनुशासन उल्लंघनको कसुरमा ओलीलाई कारवाही स्वरुप अध्यक्षबाट हटाई रिक्त पदमा माधवकुमार नेपाललाई चयन गरेकाले एक पदाधिकारीको हेरफेर गरेको जानकारी यसअघि नै पेश गरेको र ओलीले आयोजना गरेको भनेको ‘कथित’ केन्द्रीय कमिटी बैठक विधानविपरीत भएको दाबीसहित पत्र पेश गरेको छ।

र, यो पक्षले अब यसमा कुनै सुधार गर्नुपर्ने अवस्था र स्थिति विद्यमान नरहेको आयोगलाई स्पष्ट पारेको छ। दुई पृष्ठ लामो पत्रको अन्त्यमा भनिएको छ, ‘राज्यको संवैधानिक अंगहरुको सामान्य त्रुटिले मुलुक अन्यौलताको स्थितितर्फ नधकेलियोस् भन्नेतर्फ हामी सबै सचेत हुन र यसलाई आत्मसाथ गर्न जरुरी छ।’

आयोगले सुधारसहितको जानकारी पठाउन यी दुवै पक्षलाई यही पुस २३ गते सात दिनको समयसीमा तोकेर पत्र पठाएको थियो। ओलीले आयोगमा पठाएको पत्रमा उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुनुपर्ने उल्लेख गरेका छन्।

यस्तै अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नगर्नसमेत आयोगलाई उनले आग्रह गरेका छन्। दाहाल पार्टीको द्वितीय अध्यक्षमा रहिरहेको अवस्थामा उनको समूहले आफूलाई अध्यक्षबाट हटाएको भन्ने विषयको कुनै औचित्य नभएको दाबी ओलीले गरेका छन् ।

दुवै पक्षको पत्रहरु बुझिसकेपछि दुवै पत्रहरुको अध्ययन गर्ने र छलफलका लागि बोलाउने आयोगका पदाधिकारीले आश्वासन दिएका छन्। छलफलमा बोलाउनका निम्ति आयोगले पुनः दुवै पक्षलाई सात दिनको समयसीमा तोकेर पत्र पठाउनु पर्ने हुन्छ।

दाहाल-नेपालले बुझाएको पत्र:

ओलीले पठाएको पत्र:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?