नेकपाका दुवै पक्ष संगठन चुस्त बनाउन केन्द्रीत, बालुवाटार र पेरिसडाँडामा स्थायी कमिटी बैठक

नेकपाका दुवै पक्ष संगठन चुस्त बनाउन केन्द्रीत, बालुवाटार र पेरिसडाँडामा स्थायी कमिटी बैठक
+
-

काठमाडौँ- पार्टी विभाजनको दोष एकअर्कालाई दिँदै सार्वजनिक भेला, प्रशिक्षण र भाषणलाई तीब्रता दिएका नेकपाका दुवै पक्ष अब आफ्नो पार्टीको आन्तरिक संगठनलाई कसरी बलियो बनाउने भन्नेमा केन्द्रीत हुन थालेको बताएका छन्।

त्यसैको संकेत बिहीबार दुवै पक्षले छुट्टाछुट्टै बोलाएको स्थायी कमिटी बैठकबाट पनि मिलेको छ। प्रधानमन्त्री केपी ओलीले बिहान ११ बजेदेखि बालुवाटारमा आफू पक्षीय स्थायी कमिटी सदस्यहरुलाई बोलाएर छलफल गरेका छन्।

बुधबार स्थायी कमिटीको बैठक बस्ने भन्दै त्यसबारेको निम्तो आफू पक्षीय स्थायी कमिटी सदस्यलाई दिएपनि केही सदस्य उपत्यका बाहिर रहेकाले यसलाई अनौपचारिक छलफल भनिएको छ।

छलफलमा अब आफ्नो पार्टीको संगठन बलियो कसरी बनाउने र विरोधी पक्षले गर्ने आन्दोलनलाई कसरी निस्तेज गर्ने भन्नेमा छलफल भएको छ। छलफलमा सामेल ओली पक्षका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले नयाँ ढंगबाट पार्टी कमिटीलाई पुनःव्यवस्थित गर्ने अभियान अन्तर्गत बैठकहरु बोलाउन थालिएको र त्यसको सुरुवातमा बिहीबार स्थायी कमिटी सदस्यहरु पनि भेला भएको बताए।

उनले भने, ‘सरकारले घोषणा गरेको चुनाव कसरी सफल पार्ने भन्ने एउटा एजेण्डा हो। अर्को व्यवस्थित र सुदृढ पार्टी कसरी निर्माण गर्ने भन्ने पनि हो। यी दुवै विषय पार्टीका बैठकहरुमा छलफल हुनु स्वाभाविक हो।’

यता पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पनि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। ओलीले विवादास्पद रुपमा विघटन गरेको संसद पुनर्स्थापना गर्ने र आफ्नो पार्टीलाई आधिकारिक बनाउने दुई एजेण्डासहित दोस्रो चरणको आन्दोलन जारी राखेको दाहाल–नेपाल पक्षले त्यसलाई कसरी सशक्त बनाउने भन्नेमा आफूहरु केन्द्रीत भएर छलफल सुरु गरेको दाबी गरेको छ।

दाहाल–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुको आन्दोलन कमजोर भएको र यसलाई कडा रुपमा अघि बढाउन सुझावहरु पनि आइरहेको पृष्ठभूमिमा स्थायी कमिटी बैठक राखेको बताए।

उनले भने, ‘हामीले अहिलेसम्म संयमताका साथ ओलीको तानाशाही प्रवृतिका विरोध गरेको हो। हामी सधैँ संयम हुनेछौँ। तर आन्दोलनको रुप परिवर्तन गर्ने अवस्था भने आएको छ। त्यसबारे हामीले छलफल सुरु गरेका छौँ।’

आधिकारिकताका लागि यी दुवै पक्षले बुधबार मात्रै निर्वाचन आयोगमा आआफ्नो दाबीसहित पत्र पेश गरेका छन्।

ओलीले नेकपा विभाजन नभएको, प्रथम अध्यक्ष आफै भएको र दाहाल द्वितिय अध्यक्षमा रहिरहेको अवस्थामा अर्को पक्षले गरेका गतिविधि र निर्णयको अभिलेख राख्न नमिल्ने अडानसहित आयोगलाई ११ पृष्ठ लामो पत्र लेखेका थिए।

दाहाल –नेपाल पक्षले भने ओलीलाई अनुशासन उल्लंघनको कसुरमा अध्यक्ष पदबाट हटाइसकेको र रिक्त पदमा माधवकुमार नेपाललाई नियुक्त गरिसकेको जानकारी यसअघि नै आयोगलाई पेश गरिसकेको अवस्थामा अब थप विवरण पेश गर्न आवश्यक नहुने भन्दै आयोगलाई पत्र लेखेको थियो।

आयोगले सुधारसहितको पत्र लेख्न दिएको सातको समयसीमाभित्र उनीहरुले आआफ्नो दाबीसहित पत्र आयोगमा पत्र पेश गरेका हुन्। दुवै पक्षको पत्र बुझिसकेपछि आयोगका पदाधिकारीहरुले त्यसबारे केही दिन अध्ययन गर्ने र छलफलका लागि समयसीमा दिएर बोलाउने आश्वासन दुवै पक्षलाई दिएको छ।

ओलीले पार्टीमा आफ्नो विरोध थेग्न नसकेपछि २५ दिनअघि संसद विघटन गरेका थिए। त्योसँगै ओली र दाहाल–नेपाल पक्षले छुट्टाछुटै बैठकहरु डाकेर निर्णयहरु गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?