
काठमाडौँ – परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जय शंकरबीच वार्ता सुरु भएको छ।
दिल्लीको हैदरावाद हाउसमा सुरु भएको वार्तामा इपीजी, द्विपक्षीय सम्बन्ध र कोरोनाविरुद्धको खोप खरिद र अनुदानबारे छलफल हुने भारतस्थित नेपाली दूतावास स्रोतले बताएको छ।

शुक्रबार नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकर। तस्बिरः नयाँ दिल्लीस्थित नेपाली दूतावास
नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली बिहीबार भारतको नयाँदिल्ली पुगेका हुन्। त्यसक्रममा समकक्षी एस जयशंकरसँग उनकाे भेटवार्ता भएको हो।
यसपछि संयुक्त आयोग बैठक सुरु हुने छ ।