बन्द भयो युएनएचसीआरको दमक कार्यालय, अब कसले हेर्ला भन्ने भुटानी शरणार्थीको चिन्ता

बन्द भयो युएनएचसीआरको दमक कार्यालय, अब कसले हेर्ला भन्ने भुटानी शरणार्थीको चिन्ता
+
-

झापा – झापाको दमकबाट त्यहाँ रहेको शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय बन्द भएसँगै शिविरहरूमा बसोबास गर्दै आएका भुटानी शरणार्थीले अभिभावक बिहीन जस्तो भएको बताएका छन्।

झापाको दमकमा रहेको युएनएचसीआरको कार्यालय जनवरी महिना शुरुवातदेखि सँधैका लागि बन्द भएको छ। उक्त कार्यालय स्थापना भएको २७ बर्षपछि बन्द भएको हो।

शिविर नजिक रहेको उक्त कार्यालय सँधैका लागि बन्द भएपछि आफूहरूलाई अब कस्ले हेर्ला भन्ने चिन्ता भुटानी शरणार्थीमा परेको छ।

अहिले शिविरहरूमा बृद्धबृद्धा तथा अशक्त शरणार्थीहरूको बाहुल्यता छ। मोरङको पथरी र झापाको बेल्डाँगीमा रहेका दुईवटा शिविरमा रहेका शरणार्थीमा बृद्धबृद्धा तथा अशक्तहरूको बाहुल्यता रहेकाले अब तिनीहरूको अवस्था के होला भन्ने चिन्ता परेको बेल्डाँगी शिविरका पूर्वसचिव युवराज राई बताउँछन्।

उनले भने, ‘युएनएचसीआरले जति गरेको थियो त्यति नेपाल सरकारले गर्ला भन्ने आश छैन। यहाँ रहेका शरणार्थीको वकालत कस्ले गरिदिने भन्ने चिन्ता छ।’

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयले दमकमा सन् १९९२ मा स्थापना भएको थियो।

युएनएचसीआरले भुटानी शरणार्थीको रेखदेख, स्वास्थ्य, शिक्षालगायतमा दातृ संस्थाहरूको सहयोग जुटाउँदै आएको थियो।

युएनएचसीआरले तेस्रो मुलुक पुनर्स्थापनाको काम सुरु गरेर करिब १ लाख १३ हजार बढि भुटानी शरणार्थीलाई अमेरिका, विभिन्न युरोपेली मुलुकलगायत तेस्रा मुलुकहरूमा पुनर्स्थापित गराएको छ।

भुटानी शरणार्थी

बेलडाँगी शरणार्थी शिविर। तस्बिर: उमाकान्त खनाल

नेदरल्याण्ड्समा पुनर्स्थापित एकजना शरणार्थी गोपाल गुरुङले युएनएचसीआर नभएको भए आफूहरूको हालत बिग्रिने अवस्था रहेको बताए।

उनले भने, ‘युएनएचसीआर नहेरेको भए हामी यहाँ हुने पनि थिएनौं होला। तर शिविरमा रहेका भुटानी शरणार्थीलाई केही व्यवस्था गरेर कार्यालय बन्द भएको भए राम्रो हुने थियो।’

शिविरमा रहेका भुटानी शरणार्थीको स्वास्थ्य, शिक्षा तथा अन्य रेखदेखको जिम्मा स्थानीय सरकारलाई जिम्मा लगाइएको युनएनएचसीआरको काठमाडौं कार्यालयले जनाएको छ।

स्थानीय सरकारको अबको भूमिकाबारे दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार अब तीनवटै तहका सरकारले उनीहरूका बारेमा केही निर्णय गर्न आवश्यक छ।

विगतमा आफूहरूको रेखदेखमा युएनएचसीआरको भूमिकाबारे सकारात्मक बताएका भुटानी शरणार्थीले अब के हुने भन्ने चिन्ता व्यक्त गरिरहँदा युएनसीआरको नेपाल कार्यालयका सूचना विज्ञ दिपेशदास श्रेष्ठले दमकको कार्यालय बन्द हुँदैमा युएनएचसीआरले शरणार्थी नहेर्ने भन्ने कुरा नआउने बताए।

उनले भने, ‘युएनएचसीआरको काठमाडौं कार्यालयले नै त्यहाँका शरणार्थीलाई हेर्ने छ। घर फिर्न चाहने शरणार्थीका लागि पनि काठमाडौं कार्यालयले पहल जारी राख्ने छ।’

अहिले पनि शिविरहरूमा करिब ६ हजार भुटानी शरणार्थी बस्दै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष