रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, खोल्सामा भेटिएकी बालिकाको अवस्था गम्भीर

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, खोल्सामा भेटिएकी बालिकाको अवस्था गम्भीर
+
-

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना माघ १ गतेको हो।

बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका छन्।

बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ। बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए।

अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला पारेको थियो। मुखमा चोटपटक लागेकी बालिकाको गम्भीर अवस्थामा काठमाडौँ टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो।

वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो। शनिबार बिहान शल्यक्रियापछि बालिकाको अवस्था अहिले केही सुधारउन्मुख रहेको प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?