अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन हटाउने गुगलको धम्की !

अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन हटाउने गुगलको धम्की !
+
-

काठमाडौँ-विश्‍वकै सर्वाधिक सर्च इन्जिन गुगलले अष्ट्रेलियाबाट आफ्नो उपस्थिति हटाउने धम्की दिएको छ।

अष्ट्रेलिया सरकारले त्‍यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टीज मागेपछि गुगलले आफ्नो सर्च इन्जिन अस्ट्रेलिषाबाट हटाउने धम्की दिएको बीबीसीले उल्लेख गरेको छ।

अष्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत टेक कम्पनीहरुलाई टेक कम्पनी र मिडियलाई रोयल्टीको व्यवस्था मिलाउन गुगल र फेसबुकलाई चाँडै नै नयाँ आचार संहिता ल्‍याउन लागेको हो।

तर अमेरिकी दिग्गज टेक कम्पनीहरूले कानुनहरू कठोर हुने सेवालाई स्थानीयहरुको पहुँचसम्‍म पुर्‍याउन कठिन हुने बताएका छन्। शुक्रबार गुगलले यसबारेमा संसदले सुनुवाइ गरिरहेको कानुनले काम नै नगरिरहेको अवस्थामा रहेको बताएका छन्।

Google logos on screens

गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले भनेका छन्, ‘यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रुपमा लागू गरेमा हामीलाई अस्ट्रेला छाड्नु पर्ने हुन्छ। गुगलको सर्च इन्जिन अस्ट्रेलियामा रोकिन्छ।’

यसका साथै उसले भनेको छ, ‘हामीले अष्ट्रेलियामा सेवा प्रदान गर्न आर्थिक र परिचालन जोखिमको साथ काम गर्ने कुनै पनि बाटो देखेका छैनौ।’

यता, अस्ट्रेलियाका राजनीतिज्ञहरु यसको कानुनको बारेमा संसदमा बसेर बहस र छलफल गर्न तयार रहेको बताएका छन्।

ठूला दिग्गज कम्पनीहरुले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरुले अस्ट्रेलियाको सञ्‍चारमाध्‍यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ।

यता, गुगलले आफ्नो सर्च इन्जिन नै हटाउने धम्की भने विश्‍वव्‍यापी रुपमा बहसको विषय बनेको छ भने ठूलो कम्पनीहरुले कसरी सेवा दिने भन्‍नेबारे पनि सोच्‍ने स्थिति आएको छ।

यसबारे तर्क गर्दै गुगल अस्ट्रेलियाका म्‍यानेटर सिल्भाले भनेका छन्, ‘ गुगलले गर्दै आएको व्‍यापारको लागियो यो अस्थिरता जस्तो बाधक बनेर आइदियो। अनलाइन वा इन्टरनेटले कसरी काम गर्छ भन्‍नेबारेमा कुनै सरोकारको विषय थिएन।’

Screenshot of the Open Letter

गत हप्ता मात्रै गुगलले आफ्नो रिपोर्टमा अस्ट्रेलियाका १ प्रतिशत स्थानीय समाचार साइटहरु ब्लक गरेको उल्लेख गरेको छ। यसलाई अस्ट्रेलियाका समाचारहरुको मूल्‍यांकन गर्न पनि गुगलले यो परीक्षण गरेको बताएको छ।

गत महिना अस्ट्रेलिया अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरि भुक्तानीको आचारसंहिता लागू गर्ने र त्यसपछि अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिएका थिए।

यस्तै अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या निराकरण गर्ने यसले केही मात्रामा भएपनि राहत मिल्ने अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले बताउँदै आएका आएका छन्।

तर फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?