प्रहरीद्वारा ग्लोबल ओरियन्सका ३ करोड रुपैयाँ बराबरका सामानसहित एकजना पक्राउ

प्रहरीद्वारा ग्लोबल ओरियन्सका ३ करोड रुपैयाँ बराबरका सामानसहित एकजना पक्राउ
+
-

झापा – झापाबाट प्रहरीले ३ करोड रूपैयाँ मूल्य बराबरको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पनीका सामान बरामद गरेको छ।

दमक नगरपालिका ६ मा रहेको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पनीको कार्यालयमा झापा प्रहरीले छापा मारी उक्त मूल्यका अबैध सामान बरामद गरेको हो।

दमक ६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जितेन्द्र साहसहित ती सामानहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

मंगलबार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी प्रहरी उपरीक्षक भट्टराईले सो जानकारी दिएका हुन्।

उनका अनुसार बरामद गरिएको खाद्य बस्तुहरुको मूल्य ३ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।

वरामद गरिएको सामानको मूल्यको विल भने रु ८७ लाख २६ हजार ५ सय २० रहेको पाइएको प्रहरीको भनाइ छ।

काठमाडौंको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्यबस्तु खरिद गरेको र अन्य बस्तु भन्सार तथा राजश्व छली गरेर ल्याइएको आशंकामा प्रहरीले ती सामान बरामद गरेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष