प्रतिनिधि सभा पुनःस्थापनाको भ्रम नपालौँ, पुनःस्थापनाको आधार छैनः अर्थमन्त्री पौडेल

प्रतिनिधि सभा पुनःस्थापनाको भ्रम नपालौँ,  पुनःस्थापनाको आधार छैनः अर्थमन्त्री पौडेल
+
-

बुटवल– अर्थमन्त्री तथा नेकपा (ओली पक्ष) महासचिव विष्णु प्रसाद पौडेलले नेकपाका नाममा अनधिकृत रुपमा भएका निर्णयहरु निर्वाचन आयोगले खारेज गरिदिएको बताएका छन्।

प्रेस संगठन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गर्दै भने, ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नुभएको छ, अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ।’

पार्टी अनधिकृत जमघटहरुका निर्णयहरुमा नभई वैधानिकता र आधिकारिकतामा चल्ने भन्दै उनले पार्टीलाई विधान, दल सम्बन्धी व्यवस्थाले प्रभावित गर्ने बताए।

‘वास्तवमा पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ, विधान, दल सम्बन्धी कानुन र संविधान अनुसार चल्छ भन्ने निर्वाचन आयोगले स्पष्ट गरिदिएको छ, हिजो आफै अध्यक्ष भयौँ भनेर टीका लगाउनेहरु आज पुछ्दै हिडेको देख्नुभएकै छ,’ उनले भने।

माधव नेपालप्रति लक्षित गर्दै उनले अधिकारको दुरुपयोग गर्न अभ्यस्त भएका व्यक्तिहरु आफै टीका लगाएर आफै पुछ्दै हिँडेको बताए।

‘अध्यक्ष भएँ भनेर आफै टीका लगाउनुभयो, निर्वाचन आयोगको निर्णयपछि साथीहरुले अहिले टीका पुछ्नुपरेको देख्नुभएकै छ,’ उनले भने, ‘हामीहरुले कसैलाई कारबाही गरेका छैनौँ, उहाँहरुले भनेका बैठकहरु जो अनधिकृत जमघटहरु हुन् र निर्णय भनिएका विषयहरु हुन्, तिनको अर्थ छैन।’

उनले प्रतिनिधि सभा पुनःस्थापनाको भ्रम नपाल्न आग्रह गरे। उनले प्रतिनिधि सभा विघटनको विषयमाथि अदालतमा छलफल भइरहेको भन्दै सर्वोच्चले गर्ने फैसला स्वीकार गर्ने बताए।

उनले प्रतिनिधि सभा पुनःस्थापनाका लागि कुनै आधार नरहेको भन्दै केही व्यक्तिहरु अन्योलमा रहेकाले आन्दोलन गरिरहेको बताए।

‘केही साथीहरु अन्योलमा रहेको पाउँछु, अन्योलमा रहनुपर्ने, सडकमा जानुपर्ने र माग गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘कोसँग माग गरिरहनुभएको छ, यो विषय सरकारको क्षेत्राधिकारमा पर्दैन, अदालतका विरुद्ध हो भने अदालतका विरुद्ध आन्दोलन नगरौँ, अब त निर्वाचनको तयारीमा लाग्नुस्, भोलि फेरि पछुतो होला।’

उनले मुलुक निर्वाचनमा गइसकेको र दलहरुले निर्वाचनको तयारी थालेको बताए।

निर्वाचन आयोग र सुरक्षा अंगहरुले निर्वाचनको तयारी थालेको बताउँदै उनले नयाँ जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए।

पार्टीले पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी अधिकार दिएको भएपनि प्रचण्डले छापामार शैलीमा कार्यकारी अधिकारको दुरुपयोग गरेको बताए।

‘कार्यकारी अधिकार पाएको व्यक्तिले दलको बैठकमा अविश्वासको प्रस्ताव पेश गर्न नसकेर अधिकारको दुरुपयोग गरेर संसदमा जुन ढंगले मुलुकलाई नै अस्थीर बनाउने गरी अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गर्नुभयो, त्यो अधिकारको दुरुपयोग थियो,’ उनले भने, ‘संसदीय दलमा उहाँहरुको पक्षमा बहुमत थिएन त्यसैले उहाँहरु त्यो बाटोमा लाग्नुभयो, छापामार शैलीमा उहाँले त्यो बाटो प्रयोग गर्न खोज्नुभएको थियो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?