
झापा – कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानको दोस्रो दिन बिहीबार झापामा ५५८ जनाले खोप लगाएका छन्।
बिहीबार खोप लगाउनेमा २७६ जना महिला तथा २८२ जना पुरुष रहेका छन्।
मेची अस्पताल भद्रपुरमा ५९ जना महिला तथा ५४ जना पुरुष गरि ११३ जनाले खोप लगाएका छन्।
त्यस्तै अनारमनी अस्पताल विर्तामोडमा ९७ महिला तथा १०८ पुरुष गरि २०५ जनाले खोप लगाएका छन्।
दमक अस्पतालमा १२० महिला र १२० पुरुष गरि २४० जनाले बिहीबार कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए।
बुधबार झापाका ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए। बुधबार र बिहीबार गरि १०९३ जनाले खोप लगाइसकेका छन्।
झापामा कोरोना खोप लगाएकाहरूमा अहिलेसम्म देखिने गरिको कुनै स्वास्थ्य समस्या नआएको चौंलागाईंले बताए।
उनले भने, ‘अहिलेसम्म कसैको पनि समस्या छैन। मेरो स्वास्थ्यमा पनि कुनै समस्या छैन।’