प्रधानमन्त्री ओलीको पूर्वराजा जसरी सत्ताबाट बिदाइ हुन्छः मिनेन्द्र रिजाल

प्रधानमन्त्री ओलीको पूर्वराजा जसरी सत्ताबाट बिदाइ हुन्छः मिनेन्द्र रिजाल
+
-

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीको तत्कालीन राजा ज्ञानेन्द्र जसरी बिदाई हुने दिन आउने बताएका छन्।

प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान विपरीतको काम गरेको भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रसँग तुलना गर्दै त्यसरी नै सत्ताबाट बिदाई हुने बताए।

रिजालले नियम कानून नमान्नेहरु इतिहासमा लामो समय नटिकेको भन्दै प्रधानमन्त्री ओली पनि ढिलो-चाँडो बिदा हुने उल्लेख गरे।

रिपोटर्स क्लब नेपाल लुम्बिनीले आइतबार बुटवलमा गरेको कार्यक्रममा नेता रिजालले केपी ओलीले सत्ता टिकाउनकै लागि निर्वाचनको घोषणा गरेको त्यो सफल नहुने दाबी गरे।

‘यो सरकारले निर्वाचनका लागि मिति घोषणा गरेको होइन। प्रतिनिधिसभा नरहेपछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै गरेको हो,’ उनले भने।

‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिँदै उनले ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको रिजालले बताए।

विगतको प्रतिकूल अवस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे।

‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस् अदालतले सही निणर्य गरेको छ राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ, त्यसैले संसद पुनर्स्थापना हुन्छ,’ उनले भने।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म निरन्तर विरोध गरिरहने रिजालले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?