प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा सहभागी हुन आउनेलाई जसरी पनि काठमाडौँ ल्याउन गृह मन्त्रालयको निर्देशन

प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शनमा सहभागी हुन आउनेलाई जसरी पनि काठमाडौँ ल्याउन गृह मन्त्रालयको निर्देशन
+
-

काठमाडौँ- गृहमन्त्रालयले शुक्रबार काठमाडौँमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शन कार्यक्रममा सहभागी हुन बाहिर जिल्लाबाट आउने मानिसलाई जसरी पनि ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले बुधबार दिउँसो सुरक्षा निकायका प्रमुखलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन्।

‘उपत्यका बाहिरबाट लाखौँको संख्यामा मानिसहरु काठमाडौँ आउँदैछन्। उहाँहरु आउने बसलाई जसरी पनि शुक्रबार बिहानसम्म काठमाडौँ आइपुग्ने व्यवस्थापन गर्नुस्’, बादलले सुरक्षा निकायलाई दिएको निर्देशन उदृत गर्दै गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।

प्रतिनिधिसभा विघटन गरेपछि तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार दरबारमार्गस्थित नारायण हिटी संग्राहलयमा सभा गरेर शक्ति प्रदर्शन गर्दैछन्।

आफ्नै पार्टीका प्रचण्ड-नेपाल पक्षले निरन्तर शक्ति प्रदर्शन र विरोध गरिरहेका बेला गत साता प्रधानमन्त्रीले माघ २३ गते हुने आफ्नो जनसभा वास्तविक शक्ति प्रदर्शन हुने र त्यसले आफ्नो पक्षमा कति ठूलो समूह रहेछ भनेर विरोधिले देख्‍ने बताएका थिए।

प्रचण्ड-नेपाल समूहले नेपाल बन्द आह्वान गरेपछि बादलले बुधबार सुरक्षा निकायलाई बोलाएर बुधबार साँझ तराईका विभिन्न जिल्लाबाट सभामा सहभागी हुनेका बसहरु आउने भन्दै तिनिहरुलाई स्कर्टिङ गरेर भएपनि काठमाडौँ ल्याइ पुर्‍याउन निर्देशन दिएका हुन्। ‘ सम्भव भएन भने काठमाडौँ आउने  बसहरुलाई एकै ठाउँमा जम्मा गरेर स्कर्टिङ गरेर ल्याउनुस्’,बादलको भनाई उदृत गर्दै गृह मन्त्रालय स्रोतले भन्यो।

स्रोतका अनुसार नेकपाका ओली समूहले तराईका हरेक जिल्लाबाट कम्तिमा १० हजार मानिस काठमाडौँमा ल्याउने तयारी गरेको छ। ओलीले पार्टीभित्रको आन्तरिक किचलोका कारण गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेका थिए।

सुरक्षा निकायले बिहीबार हुने नेपाल बन्द हिंसात्मक हुने निष्कर्ष निकाल्दै संयम भएर व्यवस्थापन गर्न मातहतलाई सर्कुलर जारी गरेका छन्। सत्तारुढ दलकै दुई समूहबीच झडपको अवस्था आउन सक्‍ने सुरक्षा निकायको निष्कर्ष छ।

‘मुख्य चिन्ता काठमाडौँ उपत्यकाको हो। तर बाहिर पनि समस्या आउन सक्छ। त्यसैले संयम भएर व्यवस्थापन गर्न निर्देशन दिएका छौँ’, नेपाल प्रहरीका प्रमुख शैलेश थापाको सचिवालय स्रोतले भन्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?